प्रबासी नेपाली मञ्च स्पेनको चौथो अधिबेशन मे २८ मा, तयारी तिब्र


बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले चौथो अधिबेशनका लागि तयारी तिब्रता पारेको छ। मञ्चले आगामी मे २८ तारिख बार्सिलोनामा हुने अधिबेशन तयारीको तिब्रता पारेको हो। गत अप्रिल १७ तारिख हुने भनिएको अधिबेशन स्थगित भए पछि यसै महिनाको अन्तिम साता हुन लागेको हो। देशमा स्थानीय निकायको निर्बाचन गर्ने तयारी भईरहेको भन्दै अधिबेशन स्थगित भएको थियो।

मञ्चले नयाँ नेतृत्व चयनमा सहमतिका लागि भन्दै अध्यक्ष दिनेश गुरुङको संयोजकत्वमा तीन सदस्यीय समन्वय समिति गठन गरेको छ। समितिको सदस्य सचिवमा दीपक क्षत्री तथा केदारनाथ ढुंगाना सदस्य रहेका छन्।

बिभिन्न तयारी समिति गठन

मञ्चले अधिबेशनलाई सम्पन्न गर्न बिभिन्न तयारी समितिहरु समेत गठन गरेको छ। प्रचारप्रसारका लागि लक्ष्मण शर्मा,ब्यबस्थापन समितिमा हेमप्रसाद पाण्डे,साँस्कृतिक कार्यक्रमका लागि हेमन्त रानाभाट,अतिथि सत्कारमा ऋतु ढुंगाना र आर्थिक समितिका लागि दिनेशराज रेग्मीलाई संयोजक तोकेको छ।