ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – आजका पत्रपत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो पहिलो पृष्ठमा स्थान दिएका छन् । निर्वाचन, संविधान संशोधन र एलइडी बल्ब खरिदबारे कुलमानले दिएको प्रष्टीकरणलगायत विषयहरु पत्रपत्रिकाको आजको मुख्य प्राथमिकतामा छन् ।

निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीले सबै पक्षलाई गरेको आग्रह मुख्य खबर बनाएर छापेको गोरखापत्रले प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपालिकामाथिको आक्रमण अनुपयुक्त भनेर दिएको अभिव्यक्तिलाई पनि प्राथमिकताका साथ छापेको छ । काठमाडौं महानगरपालिकाको चुनावी प्रतिष्पर्धाको एक सामग्री पनि गोरखापत्रले लेखेको छ ।

४ जेठमा संविधान संशोधनको तयारी भएको विषयसँगै एलइडी बल्बबारे कुलमानले दिएको स्पष्टीकरणलाई नयाँ पत्रिकाले प्रमुखताका साथ लेखेको छ ।
राजधानी दैनिकले मतदान केन्द्रबाटै निर्वाचन शिक्षा दिने तयारी भइरहेको जनाएको छ । राजधानीमा घोषणापत्र बेचेर निर्वाचन खर्च जुटाउनेदेखि बिकट बाजुरामा धामीझाँक्रीको प्रभावसम्मका खबर छन् ।

6

2

3

4

5