जनताको सेवक भएर काम गर्छु : जिसी, देश जोगाउन सूर्यमा भोट


पोखरा – नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिका विभिन्न वडामा आइतबार चुनावी सभा सम्पन्न गरेको छ । एमालेले पोखराको वडा नम्वर २५, वडा नम्वर १९, वडा नम्वर १६ र वडा नम्वर १ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

उम्मेदवारहरु वडा पुग्दा स्थानिय बासिन्दाले फुलमाला र अविर लगाएर भब्य स्वागत गदै एमालेलाई मतदान गर्ने बताएका थिए । पोखरा २५ को हेमजामा आयोजित चुनावी सभामा बोल्दै एमालेबाट पोखरा लेखनाथ महानगरपालिकाका उपमेयरका उम्मेदवार मानबहादुर जिसीले एमालेले सार्वजनीक गरेको घोषणापत्रलाई पूर्णरुपमा कार्यान्वयन गदै जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

‘नेकपा एमालेका उम्मेदवारले जिते जनताको सेवक भएर काम गर्ने छौ, तर अरुले जिते शासक बन्नेछन्, त्यसैले जनताको सेवामा समर्पित हुने उम्मेदवार छान्न आग्रह गर्दछु ।’ उनले पोखरालाई सुविधा सम्पन्न, प्रविधि र सेवाग्राहीमैत्री महानगर बनाउने बताए । पोखराका बासिन्दालाई स्वच्छ पिउनेपानी,सवै सडकलाई ब्यवस्थित र कालोपत्रे गदै विकासको गति दिने बताए ।

उपमेयरका उम्मेदवार मञ्जु गुरुङले पोखराको समग्र विकासको गुरुयोजना निर्माण गरेर चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । उनले पोखरालाई महिलाहिंसा मुक्त शहर, बालमैत्री शहर निर्माण गदै बेरोजगार युवायूवतीलाई स्वरोजगार बनाउने बताइन् । ‘म आमा, छोरी र दिदी भएका कारण महिलाहिंसा, बालमैत्री र बाहिनीहरुलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रम संचालन गर्ने छु ।’ कार्यक्रममा अखण्ड पार्टी छाडेर एमाले फर्किएकी पुष्पा केसी भण्डारीले देशको स्वाभिमानका रक्षाका लागी एमालेनै उपयूक्त पार्टी भएको बताइन् ।

जातीय राजनीतिका विरुद्ध स्थापना भएको पार्टीलाई पद र ब्यक्तिको स्वाथका लागी प्रयोग गरेका कारण छाडेर एमालेमा फर्किएको उनले बताइन् । त्यस्तै एमालेले पोखरा १६ लामाचौरमा पनि आम सभा सम्पन्न गर्यो । आम सभामा मेयरका उम्मेदवार मानबहादुर जिसीले सिंहदरबारको अधिकार वडा र गाँउगाँउमा आएको बताउदै अव जनतालाई घरबाटै सेवा प्रहाव गर्ने ब्यवस्था मिलाइने बताए ।

उमेयरका उम्ेमदवार मञ्जु गुरुङले जनताको पक्षमा काम गर्ने बताइन् । त्यस्तै पोखराको वडा नम्वर १ मा पनि एमालेले सभा गरेको छ । सभालाई सम्वोधन गदै एमाले नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले एमालेले जित मात्रै पोखराको मुहार फेरिने बताए । नेपाली काँग्रेस र माओबादी केन्द्रले देशलाई जातीयताका नाममा बिखण्डन गर्ने तर्फ केन्द्रीत भएकाले देशको विकास र समृद्धिका लागी एमालेको विकल्प नभएको बताए ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले आफनो उम्मेदवारले गरेको प्रतिबद्धतालाई निवाचनपछि कार्यान्वयन गर्ने जिम्मा आफनो र पार्टीको भएको बताउदै पार्टी र जनता विरुद्ध काम गर्नेहरुलाई तत्काल पार्टीबाट निष्कासन गर्ने चेतावनी दिए । सवै सभामा एमाले नेताहरु एमाले स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी(प्यासी), सांसदद्धय रविन्द्र अधिकारी सीता , सल्लाहाकार परिषद्का उपाध्यक्ष खगराज अधिकारी, प्रदेश नम्वर चारका सचिव जगत विश्वकर्मा, सदस्य श्रीनाथ बराल लगायते एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।

सभामा कलाकार प्रजापती पराजुली, श्रीराम अधिकारी, तारापती सुवेदी लगायतले गीत मार्फत एमालेर्लाइ मतदान गर्न आग्रह गरेका थिए । सोही अवसरमा विभिन्न पार्टीी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुर्लाइ माला र अविर लगाएर नेताहरुले पार्टी प्रवेश गराएका थिए ।

देशलाई जोगाउन सूर्यमा भोट

नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषदका उपाध्यक्ष तथा पूर्व मन्त्री खगराज अधिकारीले लोकतन्त्र र देशलाई जोगाउन कांग्रेसका कार्यकर्ताले सूर्यमा भोट हाल्ने बताएका छन् । नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ को चुनावी सभामा नेता अधिकारीले यसपालीको चुनावमा लोकतान्त्रिक र राष्ट्रवादीहरुले एमालेलाई सघाउने बताए ।

उनले देशलाई संकट परेको वेलामा कम्युनिष्ट र राष्ट्रवादीहरु एकजुट हुन पर्ने उल्लेख गरे । ‘कांग्रेस माओवादी केन्द्रले गरेको अपवित्र गठबन्धनलाई कार्यकर्ताहरुले मान्दैनन्’ उनले भने, ‘माओवादी केन्द्रका कार्यकर्ताहरु कांग्रेसको रैती नबनेर सूर्यमा भोट हाल्ने छन् ।’

नेता अधिकारीले बिगतमा वडा नम्बर ८ मा कांग्रेसले डकैती पाराले वुथ लुटेर चुनाव जितेको आरोप लगाए । उनले पास हुन नसक्ने महाभियोगको प्रस्ताबमा कांग्रेस माओवादी चुनावमा समेत नैतिक रुपमा पराजित भएको बताए । पूर्व मेयर कृष्ण थापाको अगुवाईमा पोखरा सबभन्दा धनी र सफा सहर भएको उनले उल्लेख गरे ।

निर्वाचन परिचालन समितिका संयोजक ईश्वरप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ध्रुव पौडेल र राजेश कुँवर नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमालेको राष्ट्रियताको एजेण्डा मन परेर पार्टी प्रवेश गरेको उनीहरुले बताए । वडा कमिटीका अध्यक्ष राजकुमार गिरी, निर्वाचन परिचालन समितिका सह संयोजक मिनप्रसाद भट्टराई, वडा अध्यक्षका उम्मेद्वार रुद्रनाथ बराल लगाएतले वोलेका थिए ।