पोखरा लेखनाथ महानगरमा ८ सय ६५ उम्मेदवार चुनावी मैदानमा (नामावली सहित)


पोखरा- पहिलो चरणको चिर्वाचन अन्तर्गत  बैशाख ३१ गते हुने  स्थानीय निर्वाचनका लागि पोखरा लेखनाथ महानगरमा साढे ८ सय भन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मनोनयन दर्ताको लागि तोकिएको दिन महानगरपालिकाको प्रमुख र उपप्रमुख सहित ३३ वटा वडाबाट ८६५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका अनुसार महानगरको मेयरमा १७ र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३३ वडाको अध्यक्षका लागि २०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रति वडा दुई जनाको दरले ३३ वडाबाट ६६ खुल्ला सदस्यका लागि ३२७ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै प्रति वडा एक जनाको दरले ३३ महिला सदस्यमा १५७ जनाको उम्मेदवारी परेको छ भने सोहि संख्यामा चुनिने दलित महिला सदस्यमा १४६ उम्मेदवार प्रतिश्पर्धामा छन् ।

वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा गरी ३३ वटा वडाबाट कुल ८३७ जनाको उम्मेदवारी परेको छ ।

जस अनुसार वडा नम्बर १ मा वडाध्यक्षका लागि ५, सदस्यमा १०, महिला सदस्यमा ५ र दलित महिला सदस्यमा ५ जनाले उमेदवारी दर्ता गराएका छन् ।

वडानम्बर २ मा वडाध्यक्षका लागि ६, खुल्ला सदस्यमा ८, महिला सदस्यमा ४ र दलित महिला सदस्यमा ४ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर ३ मा वडाध्यक्षका लागि ५, खुल्ला सदस्यमा ८ , महिला सदस्यमा ४ र दलित महिला सदस्यमा पनि ४ जनाको उमेदवारी परेको छ ।

वडा नम्बर ४ मा वडाध्यक्षका लागि ४, खुल्ला सदस्यमा ७, महिला सदस्यमा ३ र दलित महिला सदस्यमा पनि ३ जनाको उमेदवारी छ ।

वडानम्बर ५ मा वडाध्यक्षका लागि ५, खुल्ला सदस्यमा ९, महिला सदस्यमा ४ र दलित महिला सदस्यमा २ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर ६ मा वडाध्यक्षका लागि ७ , खुल्ला सदस्यमा ११, महिला सदस्यमा ५ र दलित महिला सदस्यमा ४ जनाको उमेदवारी परेको छ ।

वडानम्बर ७ मा वडाध्यक्षका लागि ५, खुल्ला सदस्यमा १०, महिला सदस्यमा ६ र दलित महिला सदस्यमा ३ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर ८ मा वडाध्यक्षका लागि ६, खुल्ला सदस्यमा ९, महिला सदस्यमा ४ र दलित महिला सदस्यमा पनि ४ जनाले उमेदवारी दर्ता गरेका छन् ।

वडानम्बर ९ मा वडाध्यक्षका लागि ६, खुल्ला सदस्यमा १०, महिला सदस्य र दलित महिला सदस्यमा ५/५ जनाको उमेदवारी परेको छ ।

वडानम्बर १० मा वडाध्यक्षका लागि ६, सदस्यमा १०, महिला सदस्यमा ६ र दलित महिला सदस्यमा ५ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर ११ मा वडाध्यक्षका लागि ६, सदस्यमा ८, महिला सदस्य र दलित सदस्यमा ४/४ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर १२ मा वडाध्यक्षका लागि ६, सदस्यमा ९, महिला सदस्यमा ३ र दलित महिला सदस्यमा ५ जनाले उमेदवारी दर्ता गराएका छन् ।

वडानम्बर १३ मा वडाध्यक्षका लागि ६, सदस्यमा १०, महिला सदस्य र दलित महिला सदस्यमा ५ /५ जना उमेदवार छन् ।

वडानम्बर १४ को वडाध्यक्षका लागि ९, सदस्यमा १४, महिला सदस्यमा ७ र दलित महिला सदस्यमा ६ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर १५ मा वडाध्यक्षका लागि ६, सदस्यमा ११, महिला सदस्यमा ४ र दलित महिला सदस्यमा ६ जनाको उमेदवारी परेको छ ।

वडानम्बर १६ मा वडाध्यक्षका लागि ६, सदस्यमा ९, महिला सदस्यमा ६ र दलित महिला सदस्यमा ४ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर १७ मा वडाध्यक्षका लागि ७ , सदस्यमा १०, महिला सदस्यमा ५ र दलित महिला सदस्यमा ४ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर १८ मा वडाध्यक्षका लागि ८, सदस्यमा १२, महिला सदस्यमा ४ र दलित महिला सदस्यमा ५ जनाको उमेदवारी परेको छ ।

वडानम्बर १९ मा वडाध्यक्षका लागि ५, सदस्यमा ११, महिला सदस्यमा ६ र दलित महिला सदस्यमा ५ जनाको उमेदवारी दर्ता भएको छ ।

वडानम्बर २० मा वडाध्यक्षका लागि ५, सदस्यमा ९, महिला सदस्यमा ५ र दलित महिला सदस्यमा ५ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर २१ म वडाध्यक्षका लागि ७, सदस्यमा ९, महिला सदस्यमा ४ र दलित महिला सदस्यमा ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

वडानम्बर २२ मा वडाध्यक्षका लागि ५, सदस्यमा ८, महिला सदस्यमा ४ र मलित महिला सदस्यमा ६ जनाको उमेदवारी परेको छ ।

वडानम्बर २३ मा वडाध्यक्षका लागि ६, सदस्यमा ९, महिला सदस्यमा ४ र दलित महिला सदस्यमा ४ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर २४ को अध्यक्षका लागि ६, सदस्यमा ११, महिला सदस्यमा ६ र दलित महिला सदस्यमा ६ जनाले उमेदवारी दर्ता गराएका छन् ।

वडानम्बर २५ मा वडाध्यक्षका लागि ८, सदस्यमा १२, महिला सदस्यमा ६ र दलित महिला सदस्यमा ५ जनाको उमदवारी परेको छ ।

वडानम्बर २६ को अध्यक्षमा ८, सदस्यमा ११, महिला सदस्यमा ५ र दलित महिला सदस्यमा ३ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर २७ मा वडाध्यक्षका लागि ७, सदस्यमा १०, महिला सदस्यमा ५ र दलित सदस्यमा ४ जनाले उमदवारी दर्ता गराए ।

वडानम्बर २८ को अध्यक्षमा ४, सदस्यमा ८, महिला सदस्यमा ४ र दलित सदस्यमा ४ जनाको उमेदवारी दर्ता भएको छ ।

वडानम्बर २९ को अध्यक्षकोे लागि ८, सदस्यमा १२, महिला सदस्यमा ५ र दलित सदस्यमा ४ जनाको उमेदवारी परेको छ ।

वडानम्बर ३० को अध्यक्षमा ८, सदस्यमा १०, महिला सदस्य र दलित महिला सदस्यमा ४/४ जनाले उमेदवारी दिएका छन् ।

वडानम्बर ३१ मा अध्यक्षका लागि ८, सदस्यमा १२, महिला सदस्य र दलित महिला सदस्यमा ५/५ जनाको उमेदवारी छ ।

वडानम्बर ३२ को अध्यक्षमा अध्यक्षमा ५, सदस्यमा १०, महिला सदस्य र दलित महिला सदस्यमा ५/५ जनाको उमेदवारी छ ।

वडानम्बर ३३ को अध्यक्षमा ८, सदस्यमा १०, महिला सदस्यमा ५ र दलित महिला सदस्यमा ४ जनाले उमेदवाी दिएका छन् ।

१ लाख ६८ हजार ६७ जना मतदाता रहेको महानगरमा मेयर र उपमेयर सहित १ सय ६७ जना निर्वाचित हुनेछन् । दलित तथा अल्पसंख्यक समुदायबाट तीनजना थप गरी १ सय ७० जनाको नगरसभा बनाईने छ भने ४३ जनाको नगर कार्यपालिका गठन हुनेछ । भोट हाल्नका लागि पोखरामा ९८ मतदान स्थल र २ सय २१ वटा मतदान केन्द्र कायम गरिएको छ ।

उम्मेदवारको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्