श्रेष्ठद्धारा जन्मोत्सवमा विद्यालयलाई युरोगार्ड


शुरेसराज अधिकारी/पोखरा।

नेपाल रेडक्रस सोसाईटी उपशाखा १०, ११ को ब्यवस्थापनमा लैंगिक तथा सामाजिक समावेशीकरण समिति उपशाखा १०, ११ को आयोजनामा र उपशाखा १०, ११ का सभापति एवं साजसेवी सम्मरबहादुर श्रेष्ठको ५९ औं जन्मोत्सवको अवसरमा पोखरा १० कुँडहरमा रहेको कुँडहर आधारभुत विद्यालयलाई स्वच्छ खानेपानीको लागि युरोगार्ड प्रदान गरेका छन्।

कार्यक्रमको प्रमुख अतिथि उपशाखा १०, ११ का समन्वयकर्ता एवं कास्की जिल्ला शाखाका सदस्य सुर्यप्रसाद ढकालले व्यानरमा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गर्दै कास्की जिल्लामा रहेका ५५ वटा उपशाखाहरु मध्ये उत्कृष्ठ हुन सफल यस उपशाखाले मानव स्वास्थ्य देखि हरेक आपत विपतमा सहयोगी भूमिका खेल्दै आएकोमा विद्यालय जस्तो स्थानमा विद्यार्थीहरुले हरेक दिनपिउनु पर्ने खानेपानी समस्या समाधान गरि मानविय कार्य गरेकोमा धन्यवाद दिएका थिए।
news photo3

news photo 1

साथै सो अवसरमा आशिष श्रेष्ठ (विकी) हाल अमेरीका, अमृत श्रेष्ठ (विपिन) हाल यूके, दिलन महर्जन हाल युकेबाट पानी टंकी, पानी तान्ने पम्प, पाईप र उपशाखा १०,११ का कोषाध्यक्ष जीवन श्रेष्ठले पाईप फिटिङ सामान र जार गरी करिव ४० हजारको सामान हस्तान्तरण गरि फिटिङ समेत गरिएको थियो।

सो अवसरमा सभापति सम्मरबहादुर श्रेष्ठ, ययस्कर सदस्य भिममाया पौडेल, विद्यालयका प्रधानाध्यापक निलकण्ठ पाठक, व्यवस्थापन समितिका सदस्य केशरीमाया थापा, सहयोग दाताहरु आषिश श्रेष्ठ, विपिन श्रेष्ठ, जिवन श्रेष्ठ र ईशा श्रेष्ठ लगाएतले विद्यालयलाई प्रदान गरिएका सामाग्रीहरुको संरक्षण गरेमा सहयोग दाताहरुले विद्यालयलाई आवश्यक पर्ने थप सहयोगहरु गर्ने वताए।

लैंगिक तथा सामाजिक समावेशीकरण समिति उपशाखा १०,११ की संयोजक नानीमाया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महिला समितिका सदस्य निर्मला श्रेष्ठले रेडक्रसका सात सिद्धान्त वाचन, सदस्य धनमाया गुरुङले स्वागत र संचालन सचिव लेखमाया पुनले गरेकी थिईन।