कास्कीको मादि गाउपालिकामा एमालेले चुनावी अभियानलाई तिव्र


पोखरा –  कास्कीको मार्दिगाँउपालिकामा एमालेले चुनावी अभियानलाई तिव्र पारेको छ । गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत चयन गरेको एमालेले शुक्रबार मार्दी गाँउपालिका अन्र्तगत वडा नम्वर १० भाचोकमा उम्मेदवार परिचय एवं आमसभा सम्पन्न गरेको छ । आमसभामा बोल्दै मार्दी गाँउपालिका अध्यक्षका उम्मदेवार बेदबहादुर गुरुङ(श्याम)ले मार्दी गाँउपालिकाको विकासका लागी एमालेलाई जिताउन आग्रह गरे ।


उनले एमाले हारे मार्दी विकासमा पछाडी पर्ने बताउदै आफनो नेतृत्वको टिमलाई जिताउन आग्रह गरे । उनले मार्दी गाँउपालिकाको गुरुयोजना बनाएर अगाडी बढने बताउदै सडकहरुको स्तरन्नोति, एक घर एक धाराको अवधारणा ल्याएर खानेपानीको समस्या समाधान गर्ने बताए । उनले आफुले जिते जनताको चाहाना र माग अनुसार काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । कास्कीको विकट गाँउका रुपमा रहेको भाचोकमा विकास गदै आर्थिक रुपमा सफल बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले एमालेले जिते देशले जित्ने र हारे देशले हार्ने बताए ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष मनबहादुर गुरुङले विकास र समृद्धिका लागी एमालेलाई जिताउन आग्रह गरे । उनले सुखी नेपाली समृद्ध नेपाल भन्ने एमालेको नारालाई सार्थक बनाउन एमालेका उम्मेदवारले जित्नुपर्ने बताए । स्थानिय तहको निवाचनमा एमालेलाई जिताएर देशलाई समृद्ध तर्फ बढाउन सवैको सहयोग र साथ आवश्यक रहेको बताए । युवा संघ गण्डकी अञ्चल उपाध्यक्ष महेन्द्र गुरुङले जनताको पार्टी नेकपा एमाले भएको बताउदै एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले बृद्धलाई बृद्धा भत्ता दिने, सटिर्फिकेट राखेर ऋण पाउने ब्यवस्था गर्ने पार्टी एमाले भएको बताउदै युवा, बृद्ध, महिला सवैलाई सम्मान गर्ने पार्टी एमाले मात्रै भएको बताए । दलित अगुवा लालबहादुर परियारले एमाले कुरा भन्दा काम गर्ने पार्टी भएको बताउदै सहित नेतृत्व र नेताका लागी एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । कार्यक्रममा एमाले मार्दी गाँउपालिका उपाध्यक्षका उम्मेदवार विष्णु माया पौडेल, वडा नम्वर ९ का उम्मेदवार मिनबहादुर गुरुङ, वडा नम्वर १० का अध्यक्षका उम्मेदवार कुलप्रसाद गुरुङ, निवाचन परिचालन संयोजक पदम पौडेल, एमाले स्थानिय नेताहरु बृहस्पती सापकोटा, हरिवोल गौतम, जसबहादुर गुरुङ, लगायतले एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । कार्यक्रममा कलाकारहरु टेक क्षेत्री,रमा राना र श्रीराम पौडेलले गीत प्रस्तुत गदै एमालेलाई मत मागेका थिए ।

यसैवीच नेकपा एमालेले मादी गाउँपालिकाको निर्वाचन सम्पर्क कार्यालय पोखरा १३ काहुँखोलामा स्थापना गरेको छ । कार्यालयको मादी गाउँपालिकाको प्रमुखका उम्मेदवार वेदबहादुर गुरुङ श्यामले गरेका थिए ।उनले स्थानीय तह निर्वाचनमा एमालेलाई जिताउन सबै कार्यकर्ता सक्रियता पूर्वक लाग्नुपर्ने बताए । देश विकास र आर्थिक समृद्धिको लागि एमालेलाई जिताउन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रमको सञ्चालन मादी गाउँपालिका वडा नम्बर ६ मा को अध्यक्षमा एमालेका उम्मेदवार पसबहादुर बास्तोलाले गरेका थिए । निर्वाचन प्रचार प्रसार कार्यालय सचिवको जिम्मेवारी केदाननाथ पौडेललाई दिइएको छ । यसैबीच मादी गाउँपालिका वडा नम्बर ५ मा भएको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी ४० जना एमालेमा प्रवेश गरेको एमालेले बताएको छ ।