स्याङ्जाको सरस्वती उच्च माबिलाई फर्निचर तथा शैक्षिक सामग्री हस्तान्तरण


बार्सिलोना/स्याङ्जा नागडाँडामा अबस्थित सरस्वती उच्च माध्यमिक बिद्यालयमा फर्निचर तथा शैक्षिक सामग्री बितरण कार्यक्रम सम्पन्न भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका सचिव सुनिल रानाभाटले सोमबार बिद्यालयलाई सहयोग हस्तान्तरण गरेका हुन्।

स्याङ्जा सहयोग समाज स्पेनका महासचिव समेत रहेका रानाभाटले चार जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा बिद्यालयलाई फर्निचर हस्तान्तरण गरे। कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका जेष्ठ सदस्य दया सिन्धु पोखरेल,प्रधानध्यापक राजेन्द्र प्रसाद पौडेल,शिक्षक दिपक पौडल लगायतले कार्यक्रम बोल्दै सहयोग प्रति आभार प्रकट गरे।