क्रान्तिकारी माओबादीका जिल्ला सदस्य सहित ७० जना एमालेमा प्रवेश


पोखरा- नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मान बहादुर जिसीले एमाले देश र जनताको लागि शासक नभई सेवक भएर अगाडी वढेको विचार राखेका छन् ।आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित भई पोखरा लेखनाथ महानगर पालिका वडा नं २६ को शान्तिमागमा मंगलवार राखेको चुनाव प्रचार प्रसार तथा पाटी प्रबेश कार्यक्रममा बोल्दै जिसीले अवको आवस्यकता विकास निर्माणको अभियान भएको धारणा राखेका हुन् ।

वडा नं २६ का संयोजक रामकृष्ण जिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेस परित्याग गरि एमालेमा प्रबेश भएका कुष्ण सुवेदी,सुवर्ण बराल लगाएतका युवाहरुलाई अविर र खाँदा ओडाई जिसीले स्वागत गरेका थिए।सोही अवसरमा चुनाव प्रचार प्रसारका लागि कृष्ण सुवेदीको संयोजकत्वमा २५ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।
uml p

क्षेत्रिय सदस्य खड्क बहादुर रानाभाटले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन ईन्द्रप्रसाद सुवेदीले गरेका थिए भने शान्तिमार्ग टोल विकासको तर्फबाट राजेन्द्र अधिकारीले आगामी चुनावमा पाटी होईन उमेदवार हेरेर भोट दिने प्रतिवद्धता जनाएका थिए।

यसैगरी पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३० विभिन्न पार्टी परित्याग गरि ७० जना एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।

मंगलबार आयोजित कार्यक्रममा क्रान्तिकारी माओबादीका जिल्ला सदस्य दुर्गादत्त अधिकारी र उनका परिवारका ६ जना सदस्य एमालेमा प्रवेश गरेका हुन् भने क्रान्तिकारी माओबादीका सदस्य जानेन्द्र पौडेलले पनि एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा काँग्रेस, माओबादी केन्द्र, राप्रपा लगायतका पार्टी परित्याग गरि ५३ जना युवा एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गरेकाहरुलाई पूर्व स्वास्थ्यमन्त्री एंव एमाले केन्द्रीय सल्लाहकार उपाध्यक्ष खगराज अधिकारीले पार्टीको सदस्यता सहित अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।कार्यक्रमा बोल्दै अधिकारीले नेपाली जनताको प्यारो पार्टी एमाले भएको बताउदै स्थानिय तहको निवाचनमा जिताउन आग्रह गरे । देशको समृद्धि, राष्टिय एकताका लागी एमालेका उम्मेदवारको जित आवश्यक रहेको बताए ।

एमाले बैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसी, निवाचन कमिटि कास्कीका संयोजक टिकराम पंगेनीले नेपाल र नेपालीको पक्षमा बोल्ने पार्टी एमाले मात्रै भएको बताउदै स्थानिय तहको निवाचनमा एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । पोखरा लेखनाथ वडा नम्वर ३० एमाले संगठन कमिटि संयोजक श्रीराम पौडेलको अध्यक्षतामा भएको थियो भने संचालन सचिव कृष्णप्रसाद अधिकारीले गरेका थिए ।