दुर्घटनाका घाइतेलाई उपचार सेवा नदिने पोखराको मणिपाल अस्पताल खारेजीको चेतावनी


काठमाडौं – मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनाका घाइतेलाई आकस्मिक उपचार सेवासमेत नदिइ फर्काउने पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्वास्थ्य मन्त्रालयले आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सैवैधानिक तथा कानुनी दायित्व उल्लंघन गरेकाले मणिपाललाई प्रचलित कानुनबमोजिम किन खारेजीसम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले स्पष्टीकरण सोधेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

नागरिकको मौलिक अधिकार स्वास्थ्य सेवाबाट बञ्चित गरेर अस्पतालले संविधानको धज्जी उडाएको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।