गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडाए


काठमाण्डौ – वरियतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ। आजको नागरिक दैनिकमा खबर छ ।

मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरीयता निहुँमा मन्त्रिपरिषद बैठक वहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधान एवं संघीय मामला तथा स्थानीय विकास मन्त्री बनाएर सरकारमा भित्र्याएपछि वरीयता विवाद उत्पन्न भएको हो ।

यो विवादका कारण मुलुक नै बन्धक भएको छ । वरीयता विवादले गर्दा चैत ३ देखि २८ सम्म मन्त्रिपरिषद बैठक अवरुद्ध भयो भने त्यसयताका बैठक पनि निधिले निरन्तर रुपमा वहिष्कार गर्दै आएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल दुई मन्त्रीबीच वरीयता विवादले प्रधानमन्त्रीय पद्धतिकै धज्जी उडेको बताउँछन्। वरियता विवादले भाँडभैलो हुनुको कारण प्रधानमन्त्री पुष्पकमल दाहालको निरीहता भएको उनले बताए ।