स्कुल र स्टेसनरी व्यवसायीको कनेक्सनले अविभावक मर्कामा


काठमाडौं – सरकारले विद्यालयबाट पुस्तक विक्रि गर्न नपाइने भनेपछि स्टेसनरी व्यवसायीको मनोमानी बढेको छ ।

विद्यालयको मिलेमतोमा पुस्तक व्यवसायीले एउटै पसलबाट पुस्तक लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

राजधानीमा नाम चलेका विद्यालयले एउटै पसलमा सूची भिडाएर विद्यालयलाई मोटो कमिसन दिने प्रलोभनमा थप पुस्तक कपीलगायतका सामाग्री भिडाउने गरेको खुलेको हो ।

मखनमा रहेको पीएस बुक्स एन्ड स्टेशनरीले राजधानीमा नाम चलेका विद्यालयको पुस्तक ठेक्का नै लिएर विक्रि गरेको खुलेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।