काठमाडौंमा फेरि भेटियो कडा खालको स्वाइनफ्लु


काठमाडौं – पछिल्लो समय स्वाइनफ्लुको प्रकोप नेपालमा पनि देखिदै आएको र दुई बर्षपछि सामान्य समस्याजस्तै भएर जाने विश्व स्वास्थ्य संगठनले भन्दै आएको भए पनि काठमाडौंमा फेरी एक जना ज्वरो आएर भर्ना भएका बिरामीमा स्वाइनफ्लु देखा परेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा झण्डै खुई साता अघि ज्वरो आएर भर्ना भएका एक बिरामीमा स्वाइनफ्लु देखिएको हो ।

भारतमा सन् २०१६ को अन्त्यतिर नयाँ खालको स्वाइन फ्लु भित्रिएकोले नेपालमा पनि भित्रिन सक्छ भन्ने बिषयमा नीति निर्माताले ध्यान दिनुपर्ने भएको छ ।

अहिले आएको नयाँ खालको स्वाइनफ्लु मिचिगन प्रजातिको कति खतरा छ र क्लालिफोर्निया स्टेन्थका लागि भित्राएको भ्याक्सिनले काम गर्छ वा गर्दैन, विश्व स्वास्थ्य संगठनले के कस्तो निर्देशन दिएको छ भन्नेबारेमा नेपालका चिकित्सकलाई पूर्ण जानकारी छैन ।