पोखरामा रंगशालामा अन्तराष्ट्रिय स्केटिङ सेन्टर निर्माण गर्न विदेशी व्यस्त


पोखरा- पोखरामा रंगशालामा अन्तराष्ट्रिय स्केटिङ सेन्टर निर्माण गर्न विदेशी व्यस्त छन् । कोही काठ काट्दै छन्, कोही रड, कोही माटो बाक्दै छन् त कोही नाप जाचँमा व्यस्त छन् । उनीहरु पोखरामा रंगशालामा अन्तराष्ट्रिय स्केटिङ सेन्टर निर्माणका लागि आएका हुन् । ६ दिन देखि पोखरा रंगशालामा चर्कोमा घाममा काम गरिरहेका छन। विभिन्न १६ देशबाट आएका ३५ जना काम गरि रहेका छन् । अन्तराष्ट्रिय स्केटिङ संघ र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा पोखरा अन्तराष्ट्रिय स्केटिङ सेन्टरको निर्माण गर्न लागेको हो । निर्माणका लागि आवश्यक पर्ने करिब २५ हजार डलर र श्रम समेत अन्तराष्ट्रिय स्केटिङ संघले नै जुटाएको संघका अप्रेसन म्यानेजर जोन चोकोन्सले बताए ।

निर्माणमा बेलायत, अमेरीका, फ्रान्स, पोर्चुकल लगाएतका देशका युवायुवतीहरु काममा लागेका छन् । २१ दिनमा निर्माण कार्या सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । आगामी सन् २०२० मा जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिकमा पहिलो पटक स्केटिङ समाबेस हुन लागेकाले पनि पछिल्लो समय अन्तराष्ट्रिय स्केटिङ संघले खेल विस्तारमा जुटेको हो । अन्तराष्ट्रिय स्केटिङ संघको सहयोगले नेपाली खेलाडी पनि उल्साही भएको र नेपालमा स्केटिङको विकासमा टेवा पुग्ने पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

हाल नेपालमा काठमाडौ र पोखरामा नीजिस्तरबाट स्केटिङको सामान्य विकास भए पनि पोखरामा निर्माण कार्यभइरहेको योजनाले सरकारलाई स्केटिङ विकासमा लाग्न बाध्य तुल्याउने खेलाडीहरुको भनाई छ ।