कोहिनुर ईन्भेष्टमेन्टको शाखा पोखरामा


पोखरा । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरी काठमाडौं महानगरपालिका वडा नं. १ हात्तिसार, मुख्य कार्यालय स्थापन गरि विगत ६ वर्षदेखि कारोबार गरि रहेको कोहिनुर ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.ले छिट्टै पोखरामा शाखा खोल्ने तयारीमा रहेको छ।

स्टक ब्रोकर नं. ३५ रहेका प्रालिले आगामी वैशाख ३ गते आईतबार आफ्नो पोखरा शाखा कार्यालयबाट शेयर खरिदबिक्री कार्य सञ्चालनमा ल्याउन लागेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

पूँजी बजारसँग सम्बन्धित ग्राहकलाई स्थानीय स्तरमै सेवा प्रदानगर्ने शाखाको मुख्य उद्देश्य रहने र पोखरा वरपरका लगानीकर्ताले शाखा कार्यालयबाट धितोपत्रको दोस्रो बजारमा सहजै प्रवेश पाई लगानीकर्तामा थप उत्साह बढ्ने विश्वास कम्पनीले लिएको प्रबन्ध निर्देशक भरत रानाभाटले वताए।

सो कम्पनिमा खरिद बिक्रीको अतिरिक्त डि.पी.को कार्य समेत गर्ने हुँदा शेयर डिम्याट गर्न सहज तथा आफ्नो खातामा भएको शेयर online बाट समेत हेर्न सकिने वताएको छ ।