लेखनाथ पोखरा महानगरपालिकामा कांग्रेसबाट केसी मेयरका आकांक्षी


कृष्ण रानाभाट/पोखरा । नेपालको सबैभन्दा ठुलो महानगरपालिकाको रुपमा रहेको पोखरालेखनाथमा मेयरका आंकाक्षीहरुको सख्या बढिरहेको छ । करिब दुई दशक यता हुन लागेको स्थानिय निर्वाचनमा उम्मेदवारहरुको घोषणा गर्ने कामको शुरुवात भैरहेको छ ।

तर पार्टीले टिकट दिएपनि नदिए पनि स्वस्फुर्त रुपमा मेयरमा उम्मेदवार घोषणा गर्नेहरु प्रशस्त भेटिए छन । निर्वाचन आयोगले बैशाख ३१ गतेको मिति तोकेर स्थानिय निर्वाचन हुने जानकारी गराएसंगै नेताहरुमा चुनावी सरगर्मी बढ्न थालेको हो । स्थानिय निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने राजनीतिक वृत्तमा ठुलै चर्चा चलिरहेको छ । महानगरको मेयर पदमा ठुलादलहरुमा नेताहरुको कसरत शुरु भइसकेको बताईएको छ ।

सम्भावित मेयरका नेताहरु आफ्नो पक्षमा मतदातालाई रिझाउन लागि परेका छन । यसैगरी ठुलो दलको रुपमा रहेको नेपाली कांग्रेसबाट मेयरका लागि शिव केसीले यसपाली आकांक्षा देखिएका हुन् । केन्द्रीयस्तरमा सबै नेताहरुसंग समान पहुँच रहेका केसीले मेयरको टिकट पाउने सम्भवना प्रबल रहेको उनी निकट बताँउछन ।

विंस २०४८ सालको आम निर्वाचनदेखि सक्रिय रुपमा राजनैतिकमा लागेका केसी जनता धनी र नेता गरिव बन्नुपर्छ भन्ने आर्दशलाई आत्मसात गर्दै चुनावी मैदानमा होमिएका हुन । आफ्नै पार्टी भित्र होस् या अन्तरपार्टीका सहकर्मीहरुसंग होस उनको राम्रो सम्बन्ध रहे कै कारण आफु बलियो देखेर नै काँग्रेसले आफूँलाई मेयर पदकोे टिकट दिने उनले दावी गरेका छन ।

नेपाली कांग्रेस भित्र मेयर पदको टिकट ल्याउन धेरैको चलखेल चलेको बताउदै टिकट पाउने भित्र आफुँ पर्ने समेत उनले बताए । उनी कुनै विवादमा नफसेका र स्वच्छ छवि भएका केसीले गुटगत राजनितिको अन्त्य गर्न लागिपर्ने नेताका रुपमा परिचित रहेका छन् केसी । २०५८ सालमा माओवादी द्धन्द्धकालमा स्व ः नेतृ शैलाजा आर्चायको सुन्दरी जेलवाट पार्टी कार्यालयसम्म शान्ति रालीमा विश्वविद्यालय समितिवाट सहभागीको रुपमा रहेको उनले जानकारी दिए ।

२०६० साल साउन १९ गते प्रतिगमन विरुद्ध २४ घण्टे रिले अनशनमा सहभागी समेत भएको बताए । विंस २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय सहभागीता जनाउदै पोखरामा दर्जन बढि सामाजिक संघसंस्थामा क्रियाशिल सदस्यको रुपमा रहेका छन् । जनआन्दोलन २०६२/०६३ मा अग्रपंक्तिमा रही निर्णायक भूमिका खेलेको थिए ।