कास्कीका स्कुल बस चालकलाई प्रशिक्षण


कृष्ण रानाभाट/पोखरा । कास्की जिल्ला भित्रका निजि तथा आवासिय विद्यालयहरुका बस चलाउने चालकहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धिमा प्रशिक्षण दिईएको छ।

प्याब्सन स्कुल बस व्यवस्थापन समितिको आयोजनामा भएको सवारी दुर्घटना तथा वातावरणिय प्रदुषण न्युनिकरणका लागि चालक सचेतना कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कास्की जिल्ला ट्राफिक कार्यालयका ईन्चार्ज इन्स्पेक्टर विश्वराज अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै कास्कीमा अन्य सवारी चालकको तुलनामा स्कुल बसहरुको दुर्घटना शुन्य प्रायः भएतापनि जिम्मेवारी वढि हुने भएकोले समय समयमा चालकहरुलाई प्रशिक्षण दिनुपर्ने वताउँदै पोखराको ट्राफिक व्यवस्थापनमा नियम कडाईका साथ लागु गर्नुपर्ने अवस्था आएको वताए।

अटोवेज प्रालिको प्रायोजनामा भएको उक्त प्रशिक्षणमा प्याब्सन कास्कीमा आवद्ध विद्यालयका एक सयभन्दा बढि चालकहरुको सहभागिता रहेको थियो। सो अवसरमा ट्राफिक कार्यलय कास्कीका प्रहरी सहायक निरिक्षक राजेन्द्र कार्की, अटोवेज प्रा.लिका बालकृष्ण पाठकले सहजीकरण गरेका थिए।

प्याब्सन स्कुल बस व्यवस्थापन समिति कास्कीका अध्यक्ष दिलिप कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राम गुरुङले र संचालन सचिव शेरबहादुर क्षेत्रीले गरेका थिए ।