ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं । आज मंगलबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त भएको खबरलाई प्रमुखताका साथ छापेका छन् । सरकारले मधेसी दलहरुको असन्तुष्टिलाई सम्बोधन गर्नेगरी संसद्मा संविधान संशोधनको नयाँ प्रस्ताव पेश गर्ने निर्णय गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले आफ्नो पहिलो पृष्ठमा स्थान दिएका छन् ।

आजको गोरखापत्र दैनिकले प्रधानमन्त्री प्रचण्डले संघीय संरचनामा सरकारका तहबीच दोहोर कर नलाग्ने भनेर व्यक्त गरेको भनाइलाई प्रमुख सामाचार बनाएको छ । संशोधनको नयाँ प्रस्ताव पेश हुनेदेखि महानिरीक्षकमा प्रकाश अर्याल नियुक्तम्मका खबर आजको गोरखापत्र दैनिकमा छापिएका छन् ।

प्रकाश अर्याल आईजीपी बनेको खबरलाई अन्नपूर्ण पोस्ट दैनिकले पनि अन्य पत्रपत्रिकाहरुले जस्तै गरी पहिलो पृष्ठमा छापेको छ ।
कान्तिपुर दैनिकले नयाँ संशोधन प्रस्ताव तयार भएको र उक्त प्रस्ताव आज संसद्मा पेश हुने खबर पहिलो पृष्ठमा लेखेको छ । आइजिपीमा प्रकाश अर्याल नियुक्त भएको र उनले राति नै दज्र्यानी चिह्न लगाएको अर्को खबर पनि आजको कान्तिपुर दैनिकमा छ ।

नागरिक दैनिकले प्रहरी प्रमुखमा प्रकाश अर्यालय नियुक्त भएकोदेखि डलर तस्करीमा सरकारी पाइलट संलग्न भएकासम्मको खबर प्रथम पृष्ठमा छापेको छ । दलहरुले स्थानीय तह निर्वाचनको खर्च कसरी जुटाउँदै छन् भन्ने अर्को खबर पनि नागरिकको पहिलो पृष्ठमै अटाएको छ ।

नयाँ पत्रिका दैनिकले ‘यसरी बने अर्याल आइजिपी’ शीर्षक दिएर मुख्य खबर छापेको छ । सिरहामा भीषण आगलागी हुँदा दलितका ५० घर जलेर नष्ट भएको देखि संघीयतामा तेहोरो कर हुँदैन भनेर प्रधानमन्त्रीले व्यक्त गरेका भनाइलाई नयाँ पत्रिकाले छापेको छ ।

1
5
4
2
3