नेकपा एमाले बाहेक देश र जनताको बारेमा सोच्ने पार्टी अरु छैनन् : संयोजक किरण गुरुङ


पोखरा – स्थानिय तह निवाचको मिति नजिकिएसंगै एमाले कास्कीले चुनावी कार्यक्रमलाई तिव्र पारेको छ ।एमालेले आइतबार रुपा गाँउपालिमा आमसभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गदै एमाले स्थायी समिति सदस्य एंव प्रदेश नम्वर चारका संयोजक किरण गुरुङले नेकपा एमाले बाहेक देश र जनताको बारेमा सोच्ने पार्टी अरु नभएको भन्दै स्थानिय तहको निवाचनमा एमालेलाई जिताउन आग्रह गरे ।

देशको स्वाभिमान, अखण्डता र आर्थिक समृद्धिका लागी नेकपा एमालेको विकल्प नभएको बताउदै उनले भने ‘बैशाख ३१ गते हुने निवाचनमा एमालेका उम्मेदवारलाई जिताउनुको विकल्प छैन् ।’ उनले अहिले देशले एमालेको नेतृत्व खोजि रहेको बताए ।कार्यक्रममा पूर्वमन्त्री महेश बस्नेतले नेपाली जनताको पार्टी एमाले भएको बताउदै आगामी निवाचनमा काँग्रेस हाप र माओबादी केन्द्र पत्ता साफ हुने चेतावनी दिए ।

नेपाली जनताको शुख, दुखको साथी नै एमाले भएको दावी गदै उनले भने बृद्धाका लागी भत्ताको ब्यवस्था र शैक्षिक प्रमाणपत्र राखेर युवालाई ऋण दिने ब्यवस्था गर्ने पार्टी भएकाले सवैले एमालेको नेतृत्व चाहेको बताए ।कार्यक्रमा एमाले निवाचन कमिटि कास्कीका संयोजक टिकाराम पंगेनी, ताज मियाँ, लालबहादुर गुरुङ, युवा संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझाले एमालेको नेतृत्व विना देशको विकास सम्भव नभएको बताए ।

एमाले रुपा गाँउपालिका संयोजक सह वक्स मियाँको अध्यक्षमा सम्पन्न कार्यक्रममा संचालन कालिदास सुवेदी र स्वागत नवराज ओझाले गरेका थिए । यसैवीच नेपाली काँग्रेस र माओबादी केन्द्र परित्याग गरि करिव ४ सय जना एमालेमा प्रवेश गरेको एमाले रुपा गाँउपालिकाले जनाएको छ । कार्यक्रममा लोकदोहोरी गायक प्रजापति पराजुलीले गीत प्रस्तुत गदै मनोरञ्जन दिदै एमालेलाई भोट मागेका थिए ।