रियल र बार्सिलोनाका समर्थक, छिन मै खुशी छिन मै दुखी


स्पेन/रियल म्याड्रिडले १- ० को अग्रतालाई ५ मिनेट जोगाउँन नसक्दा आफ्ना समर्थकलाई दुखि बनायो। एट्लेटिको म्याड्रिडले ८५ मिनेटमा गोल फर्काउदै १–१ को बराबरीमा खेल रोके पछि लिग उपाधिको दाउमा रहेको म्याड्रिड समर्थकहरु निराशा बनेका थिए। खेल नजिता सँगै बार्सिलोना समर्थकले खुशी मनाए। रियलसँगको अङ्क दुरी कम गर्दै उपाधि रक्षा गर्ने बार्सिलोनाको लागि ठुलो अबसर थियो।

तर आइतबार बेलुकी  लिगको १५ औं स्थानमा रहेको मालागासँग बार्सिलोना पराजित भयो।यसले दिउँसो खुशी मनाएका आफ्ना समर्थकलाई निराश पार्यो भने निराश बनेका रियल समर्थक खुशी बने। आईतबारको दुई खेलले रियल र बार्सिलोनाका समर्थक लाई छिन मै खुशी र छिन मै दुखी बनायो। बार्सिलोनाले २–० अप्रत्यासित पराजयको नतिजा भोग्नु परेको छ। उता स्ट्राइकर नेइमारलाई दुई पहेँलो कार्ड खादै मैदानबाट बाहिरदा बार्सिलोनालाई झनै धक्का लागेको छ।

गत नोभेम्बरमा क्याम्प नोउमा खेलिएको खेलमा मालागा ९ खेलाडीमा सिमित रहँदा पनि बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो।