विजयपुरमा कारको ठक्करले दुई घाईते, एक गम्भिर घाईते


कृष्ण रानाभाट/पोखरा, २६ चैत्र। शनिबार दिउँसो पोखराबाट लेखनाथ जादै गरेको कारले मोटर साईकललाई ठक्कर दिंदा मोटर साईकल चालक सख्त घाईते भएका छन् ।

दिउँसो पौने तिन वजे बुढि बजारबाट विजयपुर आउँदै गरेको ग ११ प ३५०८ स्कुटर चालक राजेन्द्र रानाभाटलाई विजयपुरबाट बुढि वजार तर्फ गईरहेको सेतो रंगको ग १ च ८३६७ नम्बरको प्राईभेट कारले ठक्कर दिएको थियो ।

रानाभाट सवार स्कुटरलाई ठक्कर हान्नु पहिला उक्त कारले नारायण अधिकारीले चलाएको ग ७ प ९८१६ नं. को स्कुटरलाई ठक्कर दिएको थियो । अधिकारीको हातमा सामान्य चोट लागेको थियो ।

पोलेमनपा २६ लेखनाथ सक्नेरी निवासी राजेन्द्र रानाभाटलाई उपचारको लागि तत्कालै पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको थियो । उनको देब्रे खुट्टाको हड्डीमा गम्भीर चोट लागेकोले उपचारको लागि काठमाण्डौस्थित बि एण्ड बि हस्पिटलमा लगिएको छ। घाईते रानाभाटका दाजु रमेशबहादुर रानाभाटका अनुसार उनि खतरा मुक्त रहेका छन् ।

उनको देब्रे आँखा, ढाड र हातमा पनि चोट लागेको छ। उनको पछाडि वस्ने रमेश रानाभाटलाई भने सामान्य चोट लागेको प्रहरीले वताए।

न्युरोडमा ग्रिन फ्लोराका संचालक समेत रहेका घाईते युवा उद्यमी रानाभाटको थप उपचारको लागि प्रभु हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । भने कार चालक प्रहरी नियन्त्रणमा रहेका छन्।