स्पेनका युवाहरुको सक्रियतामा,फुटबल प्रतियोगिता हुँदै


बार्सिलोना/ स्पेन स्थित नेपाली युवाहरुले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएका छन्। नेपालोना ईभेन्टले आगामी मे १ तारिख स्पेनका नेपालीहरुलाई फुटबल प्रतिस्पर्धामा उतार्न लागेको हो। केहि समय अगाडि मात्र नेपाली चलचित्र प्रदर्शन गर्दै नेपाली समुदायको वाक्लो उपस्थिति गराउन सफल भएका युवाहरु फेरि खेलकुदको प्रतिस्पर्धा लिएर आएका हुन्।पछिल्लो समयमा यहाँ स्थित नेपाली युवाहरु सामाजिक काममा पनि सक्रिय बनेका छन्।

आयोजक मध्येका एक सुरेश शर्माले यस पटकको कार्यक्रम पनि सफल पार्न नेपाली समुदायलाई अनुरोध गरेका छन्। उनले भने,”यहाँ स्थित संघ संस्था र नेपाली समुदायको सहयोगले नै यस अघिका कार्यक्रमहरु सफल बनेका हुन्,फेरि यस पटक पनि त्यस्तै सहयोगको अपेक्षा राखेका छौ।”17837526_1294650273922701_255567758_oस्पेनमा रहेका नेपाली संघ संस्थाहरुलाई आफ्नो टिम तयार गरेर प्रतियोगितामा भाग लिन युवाहरुले अनुरोध गरेका छन्। फुटबलको देशको रुपमा चिनिने स्पेनमा बेलाबखत नेपाली समुदाय माँझ यस्ता प्रतियोगिताहरु हुँदै आएका छन्। तस्बिर:- साईग्रेस

प्रतियोगिता बारे पूर्ण बिबरण:-

  • मिति:- मे १ तारिख,२०१७,सोमबार
  • स्थान:-Campo de futbol vall d’hebron
Metro L5,L3
,
  • Carrer de la Granja Vella, 10, 08035 Barcelona
  • समय:- दिउँसो ४ बजे (खेल सुरु हुने समय)
  • सम्पर्क :- 
631810727,631342308,631775203 (टिम रजिष्टेशनका लागि )