ल हेरौ आज प्रकाशित दैनिक पत्रिकको फ्रन्टफेज


आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले नेपाल–भारत प्रबुद्ध समूहको बैठकको छलफलको विषयलाई प्रमुख समाचार बनाएका छन् । मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सरकारले गरिरहेको कसरतलाई पनि आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।

गोरखापत्र दैनिकले नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)को काठमाडौंमा जारी बैठकमा भएका छलफलका विषयमाथि मुख्य खबर लेखेको छ । गोरखापत्रमै कार्यतालिका अनुसार नै निर्वाचन, काठमाडौंको मेयरमा ‘हाइप्रोफाइल’ नेताको चर्चालगायत शीर्षक दिएर सामग्री पस्केको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले पनि इपीजी बैठकका क्रममा भएका छलफलका विषयलाई प्रमुख खबर बनाएको छ । नागरिक दैनिकले प्रदेश नं. २ को विवाद हल नहुँदा आयोगलाई अप्ठ्यारो परेको अर्को विषय पनि आज उठाएको छ ।

नयाँ पत्रिका दैनिकले ‘आखिर नयाँ के छ स्थानीय तहमा ?’ शीर्षक दिएर स्थानीय तहबारे जानकारीमूलक सामग्र पस्केको छ । देशभर जम्मा १० हजार बेरोजगारलगायत खबर पनि आजको नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा अटाएका छन् ।
कान्तिपुर दैनिकले मोर्चा आए दुई चरणमै शीर्षकमा मुख्य खबर लेखेको छ । विद्यालयको शुल्क सीमा अधिकतम् ३६०० निर्धारण गरिएको खबर पनि आज कान्तिपुरले छापेको छ ।
1
2
6
5
4
3