ल हेरौ आज प्रकाशित दैनिक पत्रिकको फ्रन्टफेज


आज बुधबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले सरकारले दुई चरणमा स्थानीय तह निर्वाचनको प्रस्ताव गरेको तर आयोग असन्तुष्ट बनेको विषयलाई प्रमुखताका साथ छापेका छन् । विधेयक पास गराउन सरकारले सांसद्हरुलाई घुमाएकोदेखि भत्ता अपुग हुँदा खेलाडीलाई जीवन धान्न गाह्रो भएकासम्मका खबर आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

गोरखापत्र दैनिकले निर्वाचनमा दलहरु केन्द्रित हुन थालेको भन्दै उनीहरुका गतिविधिबारे जानकारी पस्केको छ । स्वास्थ्य बिमाको प्रभावकारितादेखि २१ हजार मतदाता शिक्षा कार्यकर्तालाई परीक्षण सुरु गरिएकालगायत समाचार गोरखापत्रको पहिलो पृष्ठमा छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकले न्यून भत्ताले खेलाडीलाई टिक्नै गाह्रो भएको विषयलाई मुख्य खबर बनाएको छ । ‘बासै बसेर कहिलेसम्म भोट’ शीर्षक राखेर अन्नपूर्णले अर्को खबर पहिलो पृष्ठमा छापेको छ ।

नागरिक दैनिकले ‘दुई चरणमा निर्वाचनमा आयोग असन्तुष्ट’ शीर्षकमा खबर लेखेको छ । नागरिकले स्वास्थ्य प्रयोगशालाका बेथितिबारे अर्को खोजमूलक सामग्रीलाई पनि विशेष महत्त्वका साथ पस्केको छ ।

राजधानी दैनिकले ‘अप्ठ्यारोमा प्रधानमन्त्री’, ‘सहमति नहुँदा निर्वाचन नै प्रभावित’ शीर्षकमा खबर लेखेको छ । वैशाखदेखि देशैभर लोडसेडिङको अन्त्य हुने खबर पनि आजको राजधानी दैनिकमा छ ।

कान्तिपुरले प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई मनाउन दुई चरणमा स्थानीय तह निर्वाचन गर्न गरेको प्रस्तावको विषयलाई कान्तिपुरले मुख्य खबर बनाएको छ । ‘के–के गर्दैछन् मुख्य दल ?’ शीर्षक राखेर कान्तिपुरले दलको निर्वाचन तयारीबारे जानकारीमूलक सामग्री पस्केको छ ।

1
6
2
5
3
4