स्पेनको आर्थिक अबस्था सुधारिदै, बेरोजगारी संख्या घट्यो


बार्सिलोना/स्पेनमा बेरोजगारी समस्या हट्दै गएको छ। मार्च महिनामा मात्र ४८ हजार ५ सय ५९ को संख्यामा बेरोजगारी कमी आएको सरकारी एक तथ्याङ्कले बताएको छ।हालै स्पेनको सामाजिक सुरक्षा प्रणालीमा १ लाख ६१ हजार ७ सय ५२ को संख्यामा नयाँ हस्ताक्षर भएका छन्।

यसले मुलुकको आर्थिक अबस्था झनै सुदृढ हुने बताईएको छ।श्रम मन्त्रालयका अनुसार यस बर्षको तेस्रो महिना सम्म,यति ठुलो संख्यामा रोजगारी वृद्धी हुँदा सन् २००१ पछि कै राम्रो सुधारको रुपमा हेरिएको छ।गत मार्च महिनाको आकडालाई मात्र हेर्ने हो भने एक महिना भित्र बेरोजगारी संख्यामा आएको कमी,पछिल्लो आठ बर्षकै सबै भन्दा धेरै हो।

सन् २०१७ जनबरी सम्ममा १८.६३ बेरोजगारी प्रतिशत थियो।तर बर्षको सुरुवाती तीन महिनामा नै भएको राम्रो सुधारले यस बर्ष ठुलो मात्रामा बेरोजगारी संख्या कम हुने आकलन गरिएको छ।जबकि पछिल्लो ७ बर्षमा युरोपियन देशहरुकै तुलनामा स्पेनमा बेरोजगारी दर निकै उच्च थियो। सन् २०१४ सम्म २५.९३% रहे पनि तीन बर्षको अबधिमा नै बेरोजगारी संख्या १८.६३ प्रतिशतमा झरिसकेको छ।

यही अनुरुप स्पेन सरकारले रोजगारीको अबसर सृजना गर्न सकेमा,स्पेन पुरानै अबस्थामा छिट्टै फर्कने अर्थविद्हरुको अनुमान छ। स्मरण रहोस् स्पेनमा एक दशक अघि मात्र बेरोजगारी दर मात्र ८ प्रतिशत थियो।तर १० बर्षको अबधिमा नै बेरोजगारी संख्या तेब्बर बढी हुँदा,मुलुकको आर्थिक अबस्था खस्कदै गएको थियो।