शुभकामना महिला बिकास केन्द्रको सम्मान पत्रकारलाई


पोखरा । शुभकामना महिला बिकास केन्द्रले स्वतन्त्र पत्रकार संघ कास्की शाखा र पत्रकार महासंघ कास्की शाखाका कार्यसमितिलाई सम्मान गरेको छ ।

शुभकामना महिला बिकास केन्द्रले छ लाख ६३ लागतमा निर्माण गरेको भवन उद्दघाटन कार्यक्रममा सम्मान गरीएको हो ।

उक्त कार्यक्रममा सम्मान गदै संसद बृन्दा रानाले महिलाहरु सामाजिक, राजनैतिक क्षेत्रमा अगाडी बढ्नुपर्ने बताईन् । उनले बिकासको लागि महिलाहरुको महत्वपुर्ण योगदान रहेको जानकारी दिदै महिलालाई अगाडी बढ्न आग्रह गरेकी छन् ।

कार्यक्रममा माओवादी केन्द्रबाट हिराकाजि श्रेष्ठ, नेकपाएमालेका ढाकामोहन पराजुली, नेपाली काङ्ग्रेसका गोबिन्द पराजुलीले वोलेका थिए ।
कार्यक्रममा केन्द्रकी प्रथम उपाध्यक्ष कौशल्या गुरुङ, संस्थाका सल्लाहाकार तथा भवन निर्माण संयोजक पदमकुमार माकाजु, संस्थापक अध्यक्ष तिर्थ श्रेष्ठ, पत्रकार महासंघ कास्की शाखा सचिब रामप्रसाद तिमिल्सीना नेपाल स्वतन्त्र पत्रकार संघ कास्की शाखा अध्यक्ष कृष्ण थापा लगायतले वोलेका थिए ।

कार्यक्रममा आजिवन सदस्य, भवन निमार्णमा सहयोग गर्ने चन्द दाताहरुलाई सम्मान गरीएको थियो । शुभकामना महिला बिकास केन्द्रकी पुर्व अध्यक्ष राधिका थापाले संचालन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष भवानी माकाजुको अध्यक्षतामा कार्यक्रम संचालन गरीएको थियो ।