कास्कीका बन अधिकृत घुस सहित रंगेहात पक्राउ


पोखरा- कास्कीका बन अधिकृत घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोको टोलीले कास्कीका एक वन अधिकृतलाई ५० हजार घुस सहित मंगलवार प्रक्राउ गरेको हो ।

ईलाका वन कार्यालय आर्वा पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्कीलाई अख्तियारको टोलीले घुस लिएको रकम सहित नियन्त्रणमा लिएकोे जनाएको छ । कार्कीलाई पोखराको न्युरोड स्थित एक रेष्टुरेण्टबाट घुुस वापत लिएको रकमसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको अख्तियारले जनाएको छ ।

घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोग केन्द्रिय कार्यालय टंगाल, काठमाडौंबाट खटिएको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

काँहु भलाम फुलबारी बाटो निर्माण समितिले नगरपालिकाबाट बजेट निकासा गरी काँहु भलाम फुलबारी बाटो निर्माणको क्रममा निस्किएको ढुङ्गा सोही स्थानमा प्रयोग गर्न नपाउने भनि जिल्ला वन कार्यालय कास्कीमा परेको निवेदन उपरको कारवाहीको क्रममा उनले घुस मागेका थिए ।