नेबिकोको सुगर फ्रि डाईजेष्टिभ बिस्कुट रि-लञ्चिङमा नायक शिव श्रेष्ठ


पोखरा – बिगत ५२ बर्ष देखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन बिक्री बितरण गरिरहेको नेबिको प्रा लि ले सुगर फ्रि डाईजेष्टिभ बिस्कुटको नयाँ प्याकेजिङ बजारमा ल्याएको छ । सुगर फ्रि डाईजेस्टिभ बिस्कुट नयाँ प्याकेजिङको शनिवार पोखरामा आयोजित कार्यक्रमका विच पोखरा उधोग बाणिज्य संघका अध्यक्ष बिश्वशंकर पालिखे र बिस्कुटका ब्राण्ड एम्बासडर नायक शिब श्रेष्ठले रि लञ्चिङ गरे ।

तिन वर्ष देखि नेपाली उपभोक्ता माझ लोक प्रिय बन्न सफल भएको दावि गरिएको यो बिस्कुट थप उत्कृष्ट गुणस्तरमा नयाँ प्याकेजिङ सहित पुन: बजारमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपभोक्ताको चाहना एबं समय सापेक्षिक गुणस्तरलाई कायम गरी आकर्षक बनाउन नयाँ रुपमा बजारमा ल्याइएको हो । नयाँ स्वरुपमा आएको बिस्कुट ११० ग्राम प्याकको ५० रुपैया र २२० ग्रामको एक सय रुपैया निर्धारण गरिएको छ । यो बिस्कुट विदेशी बिस्कुटको तुलनामा गुणस्तरीय र सुपथ मुल्यको भएको कम्पनीको दावि छ ।

उपभोक्ताको पाचन प्रणालीको सहजिकरण, तौल नियन्त्रण तथा सन्तुलन एबं मधुमेह भएकाहरुलाई यो बिस्कुट निकै उपयोगी हुने बताइएको छ । यो कोलिस्ट्रोल रहित बिस्कुट हो । आगामी दिनमा पनि विभिन्न प्रकारका पोषण तथा स्वास्थ्यवर्धक उत्पादनहरु बजारमा ल्याउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

बिस्कुटको रि लञ्चिङ कार्यक्रममा पोखरा उधोग बाणिज्य संघका अध्यक्ष बिश्वशंकर पालिखेले आफुले बच्चै देखि यो बिस्कुट प्रयोग गर्दै आएको बताए । बिस्कुटका ब्राण्ड एम्बासडर नायक शिब श्रेष्टले आफु १० बर्षको हुदा देखि नेबिको कम्पनीका बिस्कुटहरु खादै आएको जानकारी दिए ।

कार्यक्रममा चलचित्र निर्देशक तथा निर्माता दिपक श्रेष्ठले बिस्कुटको प्रशंसा गर्दै मधुमेह लागेकालाई मात्रै नभइ अरुलाइ पनि मिठो र स्वादिष्ट भएको स्पष्ट पारे ।