उत्कृष्ट पाँचमा परेका विक्रम चौहानको जिताउन आग्रह


राजाराम पौडेल, पोखरा – पाचौ राप्ती अवार्ड सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन सुगम संगीतबाट विक्रम चौहान उत्कृष्ट पाँचको नोमिनेसनमा परेका छन् । ओके छ त गीत मार्फत उनी उत्कृष्ट पाँचमा परेका हुन् ।

हालसम्म चार सय भन्दा बढी म्युजिक भिडिायो निर्देशन गरिसकेका चौहानले सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकमा आफुलाई जिताउन आग्रह गरेका छन् ।
कैलालीमा जन्मिएका चौहान निर्देशकको अलावा उनी कलाकार एवं मोडल पनि हुन् । उनले फक्रेको फूल नामक गीतबाट निर्देशन क्षेत्रमा हात हालेका थिए ।
उनले निर्देशन गरेका हावा सरर, कतिमाया गर्छु, फिगर कोकाकोला, झम्के साँझैमा, तरकारीवाली, दुनियाले तारिफ, शिवजीको फ्यान, ओके छ त लगायतका गीतको भिडियो दर्शकले रुचाएका छन् ।

उनलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गई RMA 153 टाइप गरी २४२४३ मा एस एम एस गर्नुपर्नेछ । उनीसगै यस गीतबाट मोडल सिर्जु अधिकारी मोडल तर्फको उत्कृष्ट पाँचमा परेकी छन् ।
ok xa

राप्ती म्यूजिक अवार्डमा विभिन्न ३२ विधामा अर्वाड वितरण गरिनेछ । चैत २८ गते राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिने छ । समाजले गीतसंगीतको क्षेत्रमा क्रियाशील स्रष्टा र सिर्जनालाई सम्मान गर्न लागेको हो । राप्ती समाज काठमाडौंको आयोजनामा कार्यक्रम हुन लागेको हो ।