स्थानीय उत्पादन पनि अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्छ : जिम्बाब्बे मन्त्री


पोखरा- जिम्बाब्बेको साना तथा मझौला उद्यम र सहकारी मन्त्री सिथेम्बिसो न्योनीको नेतृत्वमा आएको प्रतिनिधीमण्डलसँग पोखरा उद्योग वाणिज्य संघले स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली साना तथा मझौला उद्यम तथा सहकारीको प्रगतिबारे जानकारी लिन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एक्सचेन्ज कार्यक्रमअन्तर्गत आएको प्रतिनिधीमण्डललाई स्वागत गर्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको समग्र आर्थिक अवस्था र पोखरा उद्योग वाणिज्य संघका गतिविधीबारे प्रकाश पारेका थिए ।

पोखरा उद्योग वाणिज्य संघले साना तथा मझौला व्यवसायको उत्थानको लागि तालीमका अलावा नीतिगत पैरवी गर्दै आएको बताउँदै अध्यक्ष पालिखेले ‘सामाजिक उत्तरदायित्वसहितको व्यवसाय’ को अवधारणा नै पोखराबाट सुरु भएको बताए । जिम्बाब्बेले पछिल्ला दिनमा आत्मसात गरेको साना व्यवसाय प्रवद्र्धनको अवधारणाबाट नेपालले पनि लाभ लिनसक्ने उनको भनाई थियो ।
pcci 1

कार्यक्रममा बोल्दै जिम्बाब्बेकी साना तथा मझौला उद्यम र सहकारी मन्त्री सिथेम्बिसो न्योनीले स्थानीय उत्पादनलाई विश्व बजारमा पु¥याउन नसके देश सधैँ गरिब रहने बताए। ‘स्थानीय उत्पादन पनि अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्छ, त्यसको लागि हामीले योजनागत रुपले काम गरिरहेका छौँ’, उनले भने ,‘ महिला सहभागितासहितको समावेशी अर्थतन्त्रले मात्र यो सम्भव छ भन्ने हामीले सोचेका छौँ ।’

साना उत्पादनहरुसँग ठूलो बजारमा हराउन सक्ने वा सानो तर सुन्दर बनेर चम्कने दुबै सम्भावना रहेको उनको टिप्पणी थियो । अर्थतन्त्रमा ठूलो उतार चढाव व्यहोरे पनि जिम्बाब्बेले पछिल्लो समयमा समावेशी अर्थतन्त्र निर्माणको बाटोमा अगाडि बढेको बताउँदै उनले साना तथा मझौला व्यवसायले जिम्बाब्बेमा रोजगारी सृजनाका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सघाएको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले संचालन गर्नु भएको कार्यक्रममा जिम्बाब्बेको प्रतिनिधीमण्डलमा सहभागि तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं युनडिपी जिम्बाब्बेका सल्लाहकार हिमा खड्कालगायतले आ–आफ्ना धारणा राखेका थिए ।

जिम्बाब्बे अफ्रिकामा रहेको भूपरिवेष्ठित राज्य हो । कुनै बेला बेलायती उपनिवेश रहेको देशले स्वतन्त्रतापछि विदेशीको नियन्त्रणमा रहेको ठूला÷ठूला फार्म हाउस, उद्योगहरुलाई राष्ट्रियकरण गर्ने नीति अंगिकार गरेपछि त्यहाँको अर्थतन्त्र चौपट बन्न पुगेको थियो । खासगरी गोराहरुले देश छाडेपछि त्यहाँ अत्यधिक मूल्यवृद्धि हुन पुगेको थियो भने देशले मूल्यवृद्धिलाई थेग्न १० खर्व बराबरको नोट समेत बजारमा ल्याएको थियो । अहिले जिम्बाब्बेसँग आफ्नै मुद्रा छैन । त्यहाँ अहिले अमेरिकी डलर र दक्षिण अफ्रिकी ¥याण्ड चल्छ ।