बेल्जियममा पनि “नेपाल भ्रमण वर्ष-युरोप २०१७” को अभियान सुरु


बार्सिलोना/ बेल्जियममा बसोबास गर्ने नेपालीहरुको सबारी साधनमा नेपालको पर्यटन प्रवद्धनात्मक पोष्टरहरु टाँसी “नेपाल भ्रमण वर्ष-युरोप २०१७” को अभियान सुरु भएको छ।युरोपेली पर्यटकहरु नेपाल भित्राउने लक्ष्य सहित सबारी साधनहरुमा प्रवद्धनात्मक पोष्टरहरु टाँस्दै बेल्जियममा पनि अभियान सुरु भएको हो।

युरोपेली युनियन तथा बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले सबारी साधनमा पोष्ट टाँस्दै अभियानको औपचारिक सुरुवात गरे। दूताबासमा सम्पन्न कार्यक्रमको बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु शिब कुमार बरुवाल तथा रबिन्द्रमान श्रेष्ठले समन्वय गरेका थिए।

कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीहरुको सबारी साधनमा प्रवद्धनात्मक पोष्टरहरु टाँसी नेपालको पर्यटन प्रवद्धन गर्ने जस्ता रचनात्मक प्रयासहरुबाट पर्यटकहरु भित्राउन मद्दत पुग्ने बिचार ब्यक्त गरे। यस्ता काममा दूताबासको सधैँ महत्वपूर्ण साथ र सहयोग रहने राजदूत थापाले प्रतिबद्दता जनाएका छन्।unnamed-2नेपाल पर्यटन बोर्डले “नेपाल भ्रमण वर्ष–युरोप २०१७” को अभियानमार्फत यस बर्ष युरोपबाट मात्रै २ लाख  पर्यटकहरु नेपाल पुर्याउँने लक्ष्य राखेको छ। युरोपमा यस अभियानको हालै मात्र बेलायतमा एक औपचारिक कार्यक्रमक बीच उद्घाटन भएको हो। अभियानलाई सफल बनाउन नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु पछिल्लो क्रममा सक्रिय देखिएका छन्।

unnamed-4बोर्डले राजदूतावास,कन्सुलर कार्यलय,एनआरएन तथा आफ्ना मानार्थ प्रतिनिधिहरुबीचको सहकार्यमा युरोपभर बिभिन्न कार्यक्रमहरू गर्दैछ। पर्वतारोहण सम्बन्धी गोष्ठी,फोटो प्रदर्शनी,नेपालीहरूलाई गाडीमा नेपाल भ्रमण गरौं भन्ने सन्देश सहितका पोष्टरहरु टाँस्ने तथा अभिमुखिकरण गर्ने जस्ता कार्यक्रमहरू रहेका छन्।unnamed-3