युरोपियन युनियनबाट बेलायत औपचारिक रुपमा बाहिरिदै (छापाबाट)


बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपियन युनियनबाट बेलायतको बहिर्गमनबारे आउँदो हप्ताको बुधबार औपचारिक जानकारी गराउने भएकी छन् ।

मेले युरोपियन काउन्सिललाई पत्र लेखेर युरोपियन युनियनबाट बेलायत बाहिरिने जानकारी दिनेछिन् ।

उनको पत्रमा युरोपियन युनियनबाट बाहिरिनेबारेको बिषयवस्तु हुने र बेलायतको बहिर्गमनपछि युरोपियन युनियनसँगको भावी सम्बन्धका बारेको व्यहोरा हुने बताइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।