ल हेर्नुहोस् भिडियो:- मुसहर बस्तीका घरहरुमा रंग लगाउने काम सुरु


बर्दिवास/ धुर्मुृस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीका घरहरुमा रंग लगाउने काम सुरु भएको छ । शिल्यान्यास गरेको तीन महिना पनि नपुग्दै मुसहर बस्ती निर्माणको काम अन्तिम चरणमा आईपुगेको छ ।

केही घरहरुमा छाना लगाउन बांकि भएपनि अहिले अधिंकांश घरहरुमा रंङ्गरोगनको काम सुरु गरिएको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले एकिकृत नमुना मुसहर बस्ती निर्माणको काम लगभग अन्तिम चरणमा पुग्न लागेको बताएका छन्। उनले भनेका छन् ,”अहिले हामी धमाधम घरहरुमा रंङ्गरोगको काम गरिरहेका छौ,बस्ति निर्माणको सुरुवातदेखी नै हामीलाई सहायता गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ र हामीलाई अझै पनि केही आर्थिक सहयोगको अभाव भएकाले सहयोगको अपेक्षा राखेका छौ।

४ करोड ७८ लाखमा निर्माण हुने यस बस्तीका लागि बिभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।फाउण्डेशनले अहिलेसम्म करिव ३ करोड बराबरको रकम बस्ती निर्माणका लागि खर्च गरिसकेको बुझिएको छ ।