मधेसी मोर्चाले चुनाव बिथोल्ने रणनीति अन्तगर्त तराईमधेसमा आन्दोलन चर्काउने (छापाबाट)


संविधान संशोधन नगरिकन स्थानीय तहको चुनाव मिति तोकिएकोमा असन्तुष्ट मधेसी मोर्चाले तराईमधेसमा आन्दोलन चर्काउने तयारी गरेको छ । खबर आजको नागरिक दैनिकमा खबर छ ।

मोर्चाका नेताहरुले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन् ।

चुनाव असफल बनाउनेबारे सद्भावना पार्टीले कोन्द्रिय समिति बैठक बोलाएको छ । बैठकमा जिल्ला अध्यक्ष पनि सहभागी छन् । अधिकांश नेताले चुनाव हुन नदिन सशक्त आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने बताएका छन् ।

जिल्ला अध्यक्षहरुले केन्द्रिय नेताहरु काठमाडौं छाडेर जिल्ला जानुपर्ने र संसदबाट राजीनामा दिनुपर्ने सुझाव समेत दिएका छन् ।