मतपत्र छपाइको निगरानी गर्न २६ वटा सीसीटीभी जडान गर्ने तयारी (छापाबाट)


मतपत्र छपाइको निगरानी गर्न २६ वटा सीसीटीभी जडान गर्ने तयारी भएको छ । जनक शिक्षा सामाग्रीको सेक्युरिटी प्रेसको सिलबन्दी गरिएको क्षेत्रमा २६ बटा सीसीटीभी जडान गर्न लागिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सबै सीसीटीभी नेपाली सेनाको कमाण्डमा रहने र सेनाले नै गतिविधि अवलोकन गर्ने भएको छ । केन्द्रको सेक्युरिटी प्रेसमा सेना बसिरहेको छ ।

शनिबार साँझ प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाइको शुभारम्भ गरेका छन् । आइतबारबाट मतपत्र छपाई कार्य सुरु हुने बताइएको छ ।

– छपाइ अवधिभर छापाखानामा सबैलाई प्रवेश निषेध गरिएको छ ।
– जो कोही कर्मचारीले मतपत्र छपाइ निरीक्षण गर्न अनुमति लिनुपर्ने छ ।
– प्रेसमा काम गर्ने करिब १ सय ४० जना कर्मचारीलाई पासको व्यवस्था छ ।
– छपाइ गर्न केन्द्रका १ सय ४० र निर्वाचन आयोगका करिब २० जना कर्मचारी परिचालित हुनेछन् ।
– सेनाले छपाइ र ढुवानीलगायत सम्पूर्ण जिम्मेवारी लिएको छ ।
– केन्द्रले ३५ दिनभित्र छपाइसक्ने प्रतिबद्धता जनाएको छ ।
– ३५ दिनमा एक करोड ६० लाख मतपत्र छपाइ हुनेछ ।