एसईई कास्कीबाट साढे १० हजार परीक्षार्थी सहभागी,७० वर्षिय वृद्धले दिए स्याङजाबाट परिक्षा


पोखरा – विहिवारबाट देशभर एकसाथ सुरु भएको माध्यमिक शिक्षा परीक्षा ( एसईई ) मा कास्कीबाट साढे १० हजार परीक्षार्थी सहभागी छन् ।

एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक शुरु एसईई अन्तर्गत कास्कीमा ४ दृष्टिविहीन, ,सुस्तस्रवण १५ सहित गरी १० हजार ७ सय ६१ जना विद्यार्थी सहभागि भएका भएका छन् । पहिलो दिन अनिवार्य अग्रजी विषयको परीक्षा कास्कीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी दिपेन्द ढकालले जानकारी दिए ।

परिक्षामा नियमित तर्फ १० हजार ६ सय विद्यार्थी छन् । त्यसमा ५ हजार ४ सय ४१ छात्र र ५ हजार २ सय ११ छात्रा छन् । इक्जाम्टेड तर्फ १ सय १ जना र ग्रेड बृद्धिका लागि १ सय ३२ जनाले परिक्षा सहभागी भएका छन ।

यसपालिको परिक्षा दिनबाट कास्कीमा १ सय ७१ जना भने अयोग्य ठहरीएको जिल्ला शिक्षा कार्यालय कास्कीले जानकारी दिएको छ । नियमित कक्षामा ७० प्रतिशत हाँजिरी नपुगेका विद्यार्थी परिक्षामा सहभागि हुन नपाएका हुन् ।

कास्कीमा प्राविधिक तर्फ ४७ विद्यार्थीले परिक्षा दिनेछन् । जिल्ला शिक्षा कार्यायल कास्कीका अनुसार कारागारमा रहेका ४ जना र बाल सुधार गृहमा रहेका १० विद्यार्थी पनि परीक्षामा सहभागी छन् ।

कास्कीमा ३१ परिक्षा केन्द्रमा ३३ केन्द्राध्यक्ष, ५३ जना सहायक केन्द्राध्यक्ष, ४ सय ५४ निरिक्षक, २ सय ३३ सहयोगी र २ सय २५ सुरक्षाकर्मी खटीएका छन् ।

उता स्याङजाको फेदीखोला १ खड्केटारीको एक विद्यायलमा ७० वर्षिय एक वृद्धा एसईईको परिक्षा दिएका छन् । खडेकेटारीमा रहेको कालाभैरव माविको कक्षा १० अध्ययन गरेका दुर्गाबहादुर विकले फेदीखोला स्याङजाको सिद्धार्थ माविबाट परिक्षा दिएका हुन् ।

स्याङजाको फेदीखोला ३ देउराली घर भएका विक कक्षा ६ बाट सो विद्यालयमा पढ्दै आएका थिए । पढ्ने रहरलाई उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण बनेका छन् उनी । उलने परिक्षा दिए पछि पहिलेका परिक्षा भन्दा सजिलो लागेको बताए । उनले भने आफ्नै मात्रै विद्यालयका विद्यार्थी थिएनन्, अन्य साथी सगँ पनि भेट हुदा रमाइलो लाग्यो ।

‘सानो उमेर छदा परिवारको आर्थिक स्थिती कम्जोर थियो,’ विकले भने, ‘त्यसै कारण पढ्ने इच्छा पुरा हुन सकेन ।’ ६ जना सन्तानका बाबु तथा ८ जनाका हजुरबा बनि सेकका विकले भने वुद्धि पनि पस्यो घन्टि पनि बस्यो भने जस्तै भएको बताए । उनले दलित र पिछडिएका समुदायलाई पनि पे्ररणा दिन पढ्न थालेको बताए ।

‘बुढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा लाज लाग्यो’, उनले पढ्न जाने बेलाको वेलिविस्तार लगाउँदै भने–‘जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कुल जान थालेँ ।’

बिहीबार देखि सुरु भएको परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् ।