पोखरा फाइनान्सको वार्षिकोत्सबमा ५७ जनाले रक्तदान गरे


पोखरा । पोखराको न्युरोडमा प्रधान कर्यालय रहेको पोखरा फाइनान्सले स्थापनाको २० औं वार्षिकोत्सबको अबसरमा “जीवन बचाउनका लागि डाक्टर नै हुनुपर्छ भन्ने जरुरी छैन” रक्तदान गरौं जीवन बचाउँ भन्ने नाराका साथमा बिहीवार रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए।

सो रक्तदान कार्यक्रमको अध्यक्ष भुवनसिं गुरुङले पहिलो रक्तदाता डा. तेजबहादुर गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए । सो अबसरमा रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रका महेन्द्र केसि, शिव बराल, मन्जु नेपाली, ज्ञानेन्द्र शाहले प्राबिधिक सहयोग गरेका थिए ।

फाइनान्सका अध्यक्ष भुवनसिं गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले संचालन गरेका थिए ।