मधेसवादी दलहरुलाई सेटेर निर्वाचनमा जान भारतीय नेताहरुको सुझाव (छापाबाट)


संविधान संसोधन विधेयक स्थानीय चुनावपछि कि अघि पारित गर्ने भन्ने विवाद चलिरहेको बेला भारतीय नेताहरुले मधेसवादी दलहरुलगायत सबैलाई सेटेर निर्वाचनमा जान उपयुक्त हुने सुझाव दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

हाल भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा उनीहरुले बर्तमा सरकारले सबैलाई समेटेर अगाडि जान पहल गर्नुपर्ने सुझाएको हुन् ।

आतंकवाद नियन्त्रणसम्बन्धी एक सम्मेलनमा भाग लिन दिल्ली आएका निधिले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।