डेनमार्क पुगेर महामन्त्री सहित काँग्रेस नेताहरुले के बोले ?


कोपनहेगन । नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सहितका केन्द्रिय नेताहरु एन. पी. साउद, चन्द्र भण्डारी, सुरेन्द्र राज पाण्डे तथा महासमिति सदस्य कुसुम थापा सहभागी बनेका थिए ।

Screen Shot 2017-03-12 at 15.08.10 नेपालको संबिधान कार्यान्वयन र राष्ट्रियताको सवालमा नेपाली काँग्रेसको भूमिका विशेषक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले भने,” कम्युनिष्टहरु कहिँल्यै पनि राष्ट्रबाद हुनै सक्दैनन्। कम्युनिष्टहरुलाई सोध्नु पर्ने, के- हो उनीहरुको राष्ट्रबाद ? भारतलाई गाली गर्दैमा र चिनसँग टास्सीएर मात्र राष्ट्रबाद हुने ? उनले अगाडी थपे ”न हामी भारतलाई गालि गर्छौ न चिनलाई” । नेपालले भारत र चीन दुवै संग सुमधुर सम्बन्ध बनाउदै मिलाएर लैजान सक्नु पर्छ – उनले अगाडी भने । कम्युनिस्टहरुका कारण नै नेपालमा अस्थीर राजनीति हावी भएको कोइरालाको भनाइ थियो ।

यसै गरी कोइरालाले अगाडी भने- के- के बिषयमा संबिधान संसोधनको गर्ने बारे अहिले छलफल नभएको भन्दै कोईरालाले भने,”पाँच नम्बर प्रदेशलाई तराई र पहाडमा टुक्राएर संबिधान संशोधन स्विकार्य हुँदैन।” किनकी त्यहाँका लाखौ जनताहरुको भाव नटुक्रियोस् भन्ने नै छ।” तर उनले विकेन्द्रीकरणको अन्तिम रुप नै संघियता रहेको भन्दै,नब्बे प्रतिशतले बनाएको संबिधान उत्कृष्ट रहेको पनि दाबी गरे। संघियता अलि नयाँ बिषय भएकाले मुलुकमा लागु गर्न केहि अप्ठारो देखिएको पनि कोईरालाले बताए।

यसै गरी केन्द्रिय सदस्य तथा पुर्वमंत्री एन.पी. साउदले पटक पटक सरकार परिवर्तनले मुलुक अस्थीर भने भन्दै संविधानको कार्यन्वयन नेपाली कांग्रेसले मात्र गर्न तत्पर रहेको बताए ।

Screen Shot 2017-03-12 at 15.08.47 यसैगरी केन्द्रिय सदस्य चन्द्र भण्डारीले पृथ्वी नारायण शाहले एकीकरण गरेको मुलुकलाई दुइ ढुंगा बीचको तरुल भनेर चित्रण भएको मुलुक नै अब रहने कि नरहने हो भन्ने चिन्ता बढेको बताए । छिमेकी देशको स्वार्थ र अनुकुल प्रदेश विभाजन गर्ने कुरा कत्ती पनि स्वीकार्य नहुने भन्दै उनले प्रदेश एउटा देशको अनुकुलतामा बन्नु पर्ने उनको जोड थियो ।

अर्का केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डेले दश महिना भित्र मुलुकमा स्थानीय,प्रदेश र संघीय गरी तीन वटै निर्बाचन गर्नु पर्ने चुनौती रहेको भन्दै सबै दलहरुले यतै ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए। महासमिति सदस्य कुसुम थापाले संविधानमा महिला अधिकार सुनिस्चीत भए पनि कार्यान्वनमा चुनौती र शंका दुवै रहेको बताइन ।

नेपाली जनसम्पर्क समिति डेनमार्कका नवनिर्बाचित अध्यक्ष बिरेन्द्र सिंह कार्कीले केन्द्रिय नेताहरु हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै देशमा देखा परेको चुनौतीको सामना गर्न नेपाली कांग्रेस संधै तत्पर रहनु पर्नेमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।   सम्पन्न अन्तरक्रिया कार्यक्रममा डेनमार्क स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समिति डेनमार्कका महामन्त्री यादव बस्नेतले गरेका थिए ।

कार्यक्रममा नेपाली दुतावास डेनमार्कका कार्यवाहक राजदुत रामकाजी खड्का, जनसम्पर्क समिति डेनमार्कका पुर्व सभापतीहरु त्रिलोचन सापकोटा, यामलाल सुवेदी, रामचन्द्र पाठक, एन आर एन ग्लोबल युवा उप-संयोजक लोकराज शर्मा, एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, नेपाली जनसम्पर्क समिति स्विडेनका अध्यक्ष नवीन थपलिया, क्रिएटिभ नेपलीज वुमन इन डेनमार्क की अध्यक्ष डा. गरिमा घले, इनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगर नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचीव प्रकाश ढकाल लगायतले बोलेका थिए ।