वडा गाभ्ने निर्णय विरुद्ध कृस्तिबासी आन्दोलित


पोखरा/पोखरा उप—महानगरपालिका दुई वडा पोखरा २४ कृस्ति र पोखरा २३ निर्मलपोखरी गाभेर पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. २१ बनाउने पूर्नर संरचना आयोगको प्रतिवेदन विरुद्ध कृस्तिबासीले संर्घष गर्ने भएका छन् ।

दुवै वडा मिसाउने निर्णय अव्यवहारीक र अवैज्ञानिक रहेको भन्दै  कृस्तिलाई भिन्दै वडा घोषणा गर्न माग गर्दै स्थानीयहरु संर्घषमा उत्रन लागेका हुन्।  शनिवार आयोजित वडा भेला मार्फत पूर्ण बहादुर थापाको संयोजकत्वमा ३०१ सदस्यि संर्घष समिती तथा १३ सदस्यि सचिवालय समिती नै गठन गरी विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् ।

संर्घष समितीमा स्थानिय राजनैतिक दलका प्रमुखहरु, टोल विकास संस्था अध्यक्ष, वडा नागरिक मञ्च, स्थानिय सामाजिक संघ संस्था, बुद्धिजीवी तथा अन्य व्यक्तिहरु छन् ।आन्दोलनका कार्यक्रम बारे जानकारी दिदै संर्घष समितीका संयोजक पूर्ण बहादुर थापाले सोमवार देखि वडा कार्यालयमा तालाबन्दी जिल्ला स्थित सर्वदलिय संयन्त्र तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने तथा धर्ना दिने कार्यक्रम रहेको बताए ।