ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


नेपाली भूमिमै आएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको समाचारलाई शुक्रबारका सबै राष्ट्रिय दैनिक पत्रिकाले फ्रन्टपेजमा छापेका छन् । भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु भएको थियो ।

त्यस्तै, जाजरकोटमा भएको बस दुर्घटनमा २६ जनाको मृत्यु भएको समाचार पनि सबै पत्रिकाको फ्रन्टपेजमा प्रकाशित छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने फरक-फरक छापिएको छ । मन्त्रीपरिषद् विस्तार भएको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।

यससँगै नयाँ पत्रिका दैनिकले गोरखाकी ७० वर्षीया कुकमाया चेपाङले नागरिकता पाएको समाचारलाई प्राथमिकता दिएको छ । आइतबारदेखि नयाँ स्थानीय संरचना कार्यान्वयन हुने समाचारलाई नागरिक दैनिकले महत्व दिएको छ ।

राजधानी दैनिकले चैत १० गतेभित्रै मतदान केन्द्र निर्धारण हुनेलाई एङ्कर न्यूज बनाएको छ । मिर्गौला प्रत्यारोपण वैशाखदेखि निशुल्क हुने समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ ।
1
7
2
6
5
4
3