ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


नेकपा एमालेको मेची-महाकाली अभियानका क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सप्तरीमा भएको झडपमा चार जना मोर्चाका कार्यकर्ताको मृत्यु भएको समाचारलाई मंगलबारका सबै दैनिक पत्रपत्रिकाले फ्रन्टपेजमा छापेका छन् । कुनैकुनै पत्रिकाले भने तीन जना प्रदर्शनकारीको मृत्यु भएको उल्लेख गरेको छ । सप्तरीमा तनाव भएपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको छ । त्यस्तै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको समाचारलाई पनि सबै दैनिक पत्रिकाले फ्रन्टपेजमा कभरेज गरेका छन् ।

यससँगै अन्नपूर्ण पोस्ट् दैनिकले पशुपतिनाथ मन्दिरमुनि खाडल पर्न थालेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । ५० वर्षपछि स्थानीय निकायको स्वरुप फेरिन लागेको समाचारलाई राजधानी दैनिकले महत्व दिएको छ ।

नेपालमा १० हजार अवैध विदेशी भएको समाचारलाई नागरिक दैनिकले प्राथमिकताका साथ प्रकाशित गरेको छ । कान्तिपुर दैनिकमा भूकम्पपीडितले घर बनाउनका लागि सरकारबाट दोस्रो किस्ता अनुदान रकम नपाएको समाचार छापिएको छ । नेपालीले नयाँ ग्रह पत्ता लगाएको समाचारलाई गोरखापत्र दैनिकले एकंर न्यूज बनाएको छ ।
1
6
5
4
3
2