जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशन सुरु,काँग्रेस महामन्त्री द्वारा उद्घाटन


बार्सिलोना/ नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशन सुरु भएको छ। काँग्रेस बरिष्ठ  नेताहरुको उपस्थितिमा आईतबार आत्रोपनमा अधिबेशन सुरु भएको हो। प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले अधिबेशनको उद्घाटन गरेका छन्। कार्यक्रममा बिशेष अतिथिको रुपमा युरोपियन युनियन तथा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा, काँग्रेस नेता सुरेन्द्र पाण्डे,केन्द्रिय सदस्य द्वय एनपी साउद र चन्द भण्डारी लगायतको उपस्थिति रहेको छ।17121513_10155088171094592_1057518369_oबिपी पुत्र कोईराला सहित काँग्रेस नेताहरुले अधिबेशनलाई सम्बोधन गर्दै छन्। कार्यक्रममा बेल्जियम स्थित संघ सँस्थाका प्रतिनिधिहरु लगायत,युरोप स्थित जनसम्पर्क समितिका प्रतिनिधिहरु लगायत बेल्जियमका काँग्रेसीहरुको बाक्लो उपस्थिति रहेको छ।

समितिको आगामी नेतृत्वका लागि काँग्रेस महासमिति सदस्य सीता सापकोटा,पुर्ब उपाध्यक्ष माधव सापकोटा तथा बर्तमान उपाध्यक्ष अनुजा प्रधानले दाबी गर्दै आएका छन्। सर्बसम्मत हुन नसके आगामी मार्च १२ तारिख नयाँ कार्यसमितिका लागि चुनाव हुँदैछ।17122034_10155088171219592_202031052_o17121708_10155088210979592_2049477673_o