जब ज्योतीले आफ्नो ‘अदा’ देखाउँदै गीतगाउनथालिन्, तब दर्शक पुलकितभए


पोखरा-शनिबार जंगल फेस्टिभलको अन्तिमदिन । बिदाको दिन परेकोले जंगलभित्र उसै पनिदर्शक निकै बाक्लो आउने निश्चितथियो । त्यसै माथि जंगलभित्र गायिका ज्योती मगरको प्रस्तुती र नेपाल भर्सेज भारतको घम्साघम्सी रेस्लिङहुने भएपछि बालबालिका, तन्नेरी देखि वृद्धवृद्धासम्म जंगलमाओईरिएकाथिए ।

छोटो मिनीस्कर्टमाथिज्याकेट लाएर स्टेज उक्लिएकी ज्योती मगरलाई देख्ने बित्तिकै जंगलभित्रएकाएककोलाहलमच्चियो । ज्योतीपनि के कम?पोखरेलीदर्शकलाई स्टेजबाट भनिन्–‘आइ लभ यू अल’ । त्यसैमाथिउनले ‘फ्लाइङ किस’थपिदिईन् । त्यसपछि त झन् जंगलमा एकै छिन हल्लाखल्ला नै भयो ।

जब ज्योतीले आफ्नो ‘अदा’ देखाउँदै गीतगाउनथालिन्, तब दर्शक पुलकितभए । बिस्तारै माहौल तताउँदै लगेर ज्योतीले आफ्नो ज्याकेट फुकालिन् । त्यसपछि त झन् दर्शकको हुटिङले जंगल नै गुञ्जियो । त्यसपछि उनीस्टेजबाट तलझरेर ‘रेस्लिङ रिङ’मापुगेर ज्योतीले गीतगाउनथालिन् । दर्शकको नजिकपुगेर ज्योतीले गीतगाउनथालेपछि एकैछिन् त आयोजकलाई भीड थाम्नगाह«ो प¥यो । त्यसपछि उनीआयोजकको आग्रहमापुनः स्टेज फर्किईन् ।

ज्योती मगरले गर्माईरहेको माहौललाई पुनःपोखरेलीमोडलहरुले ‘क्यास’ गरे । जंगलथिममाभएको फेशनशो मा १२ जनामोडलहरुले ¥याम्पमाआफुलाई उतारे । लगालगदर्शकलाई तान्ने कार्यक्रमहरु राखिएको जंगल फेस्टिभलको अन्तिमदिन सबैभन्दा बढि आकर्षण भने रेस्लिङ मै थियो । सबै दर्शक रेस्लिङलाई व्यग्र भएर कुरिरहेका देखिन्थे । जब फेशनशो सकियो, तब दर्शकहरुको पर्खाई सकियो ।

शुरुमा सम्पूर्ण रेस्लरहरु एकैचोटी रिङमाउत्रिए । त्यसपछि दुई÷दुई जनाको टोलीआपसमा भिड्यो । र, अन्तिममाभारतीय रेस्लर आरडिएक्स र पोखरेली रेस्लर यूवदादाबीचको घम्साघम्सी रिङमाभयो । यो म्याचमापोखरेली रेस्लरलाई चोट पनिलाग्यो । यद्यपीअन्तिम समयमाआएर भारतीय रेस्लरले म्याचहापे । र, पोखरेली रेस्लर युवदादाविजेताबने । उनलाई पोखरेलीदर्शकको निकै साथमिल्यो ।

यी सबै आकर्षणसँगै जंगल फेस्टिभलमा विभिन्न स्टल घुम्ने, सेल्फीखिच्ने र जंगलको बारेमाजानकारी लिने दर्शकको संख्यापनिउत्तिकै बाक्लो थियो । भूतघरमा छिर्ने र ‘मोटुपत्ल’ुसँग फोटो खिचाउने बालबालिकाहरु पनिउल्लेख्य मात्रामा फेस्टिभलमा देखिन्थे ।

शनिबार जंगलभित्र देखिएको दर्शकको संख्याप्रतिआयोजकनिकै खुशी देखिएको छ । ‘यो सिजनकै सबैभन्दा बढि दर्शक जंगल फेस्टिभलमा अन्तिमदिन देखियो । हामीले सोँचेभन्दा बढि दर्शक जंगलमापायौँ ।’ आयोजकजंगल फेस्टिभलका अध्यक्ष सोभित बस्यालले भने–‘मेलालाई मन पराएर अवलोकनकालागिआउने सम्पूर्ण दर्शककै कारणले हामी सफलभएकाहौँ ।’

आयोजक परिचय नेपालले फेस्टिभल निकै सफलभएको दाबी गरेको छ । उसले यो सफलताको श्रेय दर्शकसँगै विज्ञापनदाता, स्टल व्यवसायी, सरोकारवाला क्षेत्र र आफ्नै व्यवस्थापन टिमलाई दिएको छ । उसले सम्पूर्णलाई धन्यबाद ज्ञापन समेत गरेको छ ।