महामन्त्री कोईराला सहित काँग्रेस नेताहरु बेल्जियममा


कोपनहेगन/ नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईराला बेल्जियम आईपुगेका छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनलाई सम्बोधन गर्न नेता कोईराला शुक्रबार बेल्जियम आईपुगेका हुन्। कोईरालासँगै केन्द्रिय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डे,केन्द्रिय सदस्य द्वय एनपी साउद र चन्द भण्डारी पनि बेल्जियम आईपुगेका छन्।

बिपी पुत्र कोईराला सहित काँग्रेस नेताहरुको स्वागतका लागि बेल्जियमका काँग्रेसीहरुको बिमानस्थलमा भिड नै लागेको थियो। आईतबार हुने समितिको अधिबेशनलाई कोईरालाले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै छन्। महामन्त्री कोईरालाले बेल्जियम अलवा अन्य युरोपेली मुलुकमा पनि काँग्रेसीहरु माँझ अन्तरक्रिया छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ।

जनसम्पर्क समिति बेल्जियमको मार्च ५ तारिख अधिबेशन उद्घाटन हुँदै छ। आगामी नेतृत्वका लागि काँग्रेस महासमिति सदस्य सीता सापकोटा,पुर्ब उपाध्यक्ष माधव सापकोटा तथा बर्तमान उपाध्यक्ष अनुजा प्रधानले दाबी गर्दै आएका छन्। सर्बसम्मत हुन नसके आगामी मार्च १२ तारिख नयाँ कार्यसमितिका लागि चुनाव हुँदैछ। समितिका अध्यक्ष सुबास जोशीका अनुसार १ हजार ३ सय २७ सदस्यहरुले मतदानमा भाग लिने छन्।

तस्बिर :-सामाजिक संजालबाट साभार