महिला फोरम स्पेन,मार्च ८ तारिख र्‍यालीमा सहभागी बन्दै


बार्सिलोना / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन स्थित महिला फोरमले १०७ औ अन्तराष्ट्रिय महिला दिबस मनाउँने भएको छ। महिला अधिकारको आवाज उठाउँदै र्‍याली निकाल्न लागेको बार्सिलोना स्थित “काला दोना ” सँस्थासँग ऎक्यबद्दता जनाउँदै फोरमले महिला दिबस मनाउँन लागेको हो। “काला दोना ” ले महिला अधिकारका नारा सहित प्ले कार्ड प्रदर्शन गर्दै बार्सिलोनामा र्‍याली निकाल्दै छ।

महिला फोरम संयोजक सीता सिंहले स्पेनबासी नेपाली महिलाहरुले प्रबासमा पनि महिला हक अधिकारका लागि पहिलो पटक प्रदर्शनमा सहभागी हुन लागेको भन्दै फोरमको पोशाक सहित कार्यक्रममा उपस्थित हुन अनुरोध गरेकी छन्। संयोजक सिंहका अनुसार आगामी बुधबार साँझ ६ .१५ बजे,प्लासा उनिभर्सितातमा कार्यक्रम हुँदै छ।

अन्तराष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाईन्छ । संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनायो।

यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाईन थालियो। सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन।

 कार्यक्रम बारे छलफल गर्न पुगेकी फोरम संयोजक, काला दोनाका प्रतिनिधिसँग भेट गर्दै
कार्यक्रम बारे छलफल गर्न पुगेकी फोरम संयोजक, काला दोनाका प्रतिनिधिसँग भेट गर्दै

सन् १९१७ मा रसियाको महिलाहरुले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। त्यस समय रुसमा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो।

यी दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार सन् १९१७ को फेब्रुअरीको अन्तिम आईतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रूपमा मनाउँन थालियो।