ल हेरौ आज प्रकाशित सबै दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौंमा जारी दोस्रो लगानी सम्मेलनमा प्रमुख दलका शीर्ष नेताहरुले वैदेशिक लगानी भित्राएर मुलुकको आर्थिक समृद्धि गर्न प्रतिवद्धता व्यक्त गरेको समाचारलाई आज शुक्रबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाले फ्रन्टपेजमा महत्वका साथ स्थान दिएका छन् । त्यस्तै सर्वोच्च अदालतले सरकारसँग तीनवटै निर्वाचनको कार्ययोजना माग गरेको समाचारलाई पनि सबैजसो पत्रिकाले फ्रन्टपेजमा छापेका छन् ।

यससँगै नयाँ पत्रिका दैनिकले सुन तस्करीमा राजधानीका सुन पसलेहरु नै संलग्न भएको समाचारलाई प्राथमिकता दिएको छ । नयाँ सत्तासमीकरण बनाउन कसरत भएको समाचारलाई महत्वको दिएको अन्नपूर्ण पोस्ट् दैनिकले मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएकोलाई पनि उल्लेख गरेको छ ।

फोनमा धेरै बेरा कुरा गर्नु हानीकारक भएको समाचारलाई नागरिक दैनिकले महत्व दिएर छापेको छ । कान्तिपुर दैनिकमा भर्ना हुँदा छत्र बढी हुने तर परीक्षा दिँदा छात्रा बढी भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

राजधानी दैनिकको फ्रन्टपेजमा एक वर्षमा ३० हजार चार सय ७६ अपराध भएको समाचार प्रकाशित छ । वैदेशिक रोजगारी विभागमा एक हजार भन्दा बढी उजुरी परेको समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ ।

स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनको बर्चस्व कायम भएको समाचारलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।
7
1
6
2
5
3
4