स्पेनका ब्यबसायी भुसाल मानार्थ ब्यापार प्रतिनिधिमा नियुक्त


बार्सिलोना / स्पेन निबासी ब्यबसायी जीवन भुसाल नेपाल चेम्बर अफ कमर्शको मानार्थ ब्यापार प्रतिनिधिको रुपमा नियुक्त भएका छन्। एक दशक भन्दा बढी समय देखि स्पेन बस्दै आएका भुसालले स्पेनको बार्सिलोनाका लागि मानार्थ प्रतिनिधिको  जिम्मेबारी पाएका हुन्। नेपाल चेम्बर अफ  कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठ र महासचिव कमलेश कुमार अग्रवालले फ्रेबअरी २७ तारिख देखि लागु हुने गरी प्रमाणपत्र जारी गरेका छन्।

भुसालले बार्सिलोनामा डुबे कार एसएल, सोभिनियर तथा रेष्टुरेन्ट व्यबसाय समेत संचालन गर्दै आएका छन्। पर्बत भोर्ले गाबिस वडा नम्बर १ स्थायी घर भएका भुसालले आँफूले पाएको जिम्मेबारीलाई सफलता पुर्बक पुरा गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन्।