सरकारको फितलो तयारीले चिनीको भाउ अहिलेसम्मकै महँगो (छापाबाट)


सरकारको फितलो तयारीले चिनीको भाउ अहिलेसम्मकै महँगो भएको छ । अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी ल्याउन दिने प्रक्रियामा ढिलाई गरेको मौका छोपी व्यापारीले चिनीको भाउ एकाएक बढाएका हुन् ।

अहिले चिनीको भाउ बढेर किलोको ९५ रुपैयाँभन्दा माथि पुगेको छ । गत महिना ९० रुपैयाँ पुगेकोमा व्यापारीले अहिले फेरी कालोबजारी गर्दै पाँच रुपैयाँ बढाएका छन् ।

कार्तिक महिनामा ७० रुपैयाँमा बिक्री भएको चिनीको भाउ त्यसयता २५ रुपैयाँ बढेको खबर छ । आजको नागरिक दैनिकमा खबर छ ।