पृथ्बीनारायण क्यापसमा स्ववियु निर्वाचन रोकियो, अन्य पाँच क्यापसमा निर्वाचन हुँदै


पोखरा- अखिल क्रान्तिकारीले तालाबन्दी गरे पछि पोखराको पृथ्बीनारायण बहुमुखी क्याम्पसको तोकिएको समयमा स्ववियु निर्वाचन नहुने भएकोछ । मनोनयन दर्तापछि अन्तिम समयमा आएर निर्वाचन भाडिएको हो ।

उमेदवारको मनोनयन दर्ता भएर नामावली प्रकाशित भएको रात अर्थात् फागुन १४ गते राती अज्ञात समुहले क्याम्पसको विज्ञान संकायको प्रशासनिक भवन तोडफोड गरी बिद्यार्थी परिचय पत्र चोरी गरेपछि निर्वाचन विथोलिएको हो ।

माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले एमाले निकट अनेरास्ववियुले राती झण्डै साढे चार सय परिचयपत्र चोरी गरेको आरोप लगाउदै निर्वाचन समितिको सचिवालयमा ताला लगाएपछि निर्वाचन सम्बन्धि अन्य कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । तालाबन्दीको कारण मनोनयन दर्ता गराएका उमेदवार उपर दावि विरोध, छानविन र उमेदवारको अन्तिम नामावली समेत प्रकाशित हुन नसकेपछि बुधवार हुने भनिएको मतदान समेत रोकिएको हो । निर्वाचन तालिका अन्तर्गत बुधवार विहान ८ देखि साझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो ।
ताला खुलाएर निर्वाचनको बाताबरण बनाउन दिल बहादुर क्षेत्रीको संयोजकत्वमा गठित समितिले पहल गरेपनि विवाद समाधान हुन सकेको छैन । बिद्यार्थी परिचय पत्र चोरी भएको बारे क्याम्पस प्रशासनले छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने अखिल क्रान्तिकारीको माग छ । तर एमाले निकट अनेरास्ववियुले सो घटनामा आफ्नो संगठनको संलग्नता नरहेको र निर्वाचन भाड्ने षड्यन्त्र गरिएको आरोप लगाएको छ ।

पृथ्बीनारायण क्याम्पसमा ९ वटा बिद्यार्थी संगठन सक्रिय छन् । निर्वाचनका लागि ८ वटा प्यानलले मनोनयन दर्ता गराएका छन् । जस अनुसार नेपाल बिद्यार्थी संघ र नयाँ शक्ति बिद्यार्थी युनियनले गठबन्धन गरेका छन् भने अनेरास्ववियु, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी, विप्लव माओबादी निकट अखिल क्रान्तिकारी, अखिल छैटौं, प्रगतिशिल बिद्यार्थी युनियन, प्राज्ञिक बिद्यार्थी परिषद् र समाजवादी बिद्यार्थी फोरमले प्यानल सहित उमेदवारी दर्ता गराएका थिए ।

निर्वाचन तालिका अनुसार फागुन १४ गते उमेदवारको मनोनयन दर्ता गराएको थियो । जस अनुसार अध्यक्षमा ९ जनाले मनोनयन दर्ता गराएका छन् । अनेरास्ववियुको तर्फबाट सरिता पुरी, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट प्रविणा अधिकारी, विप्लव माओबादी निकट अखिल क्रान्तिकारीबाट मिलन राई, नेपाल बिद्यार्थी संघ र नयाँ शक्ति बिद्यार्थी युनियनबाट राजेश हमाल, अखिल छैटौंको तर्फबाट प्रताप पौडेल , प्राज्ञिक बिद्यार्थी परिषद्बाट मिलन अधिकारी, प्रगतिशिल बिद्यार्थी युनियनबाट प्रकाश तिवारी, समाजवादी बिद्यार्थी फोरमबाट रेशम तामाङ र स्वतन्त्र उमेदवार लक्ष्मण रोका मगर अध्यक्षको दौडमा छन् ।

पृथ्बीनारायण क्याम्पसमा ८ हजार दुई सय मतदाता छन् । पिएन क्याम्पसमा यसअघि सम्पन्न सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले पकड जमाउदै आएको थियो । निर्वाचन प्रक्रिया सुरु भएर पनि विवादका कारण अन्तिम समयमा पृथ्बीनारायण क्याम्पसको मतदान विथोलिएको हो ।

पोखराका अन्य पाँच क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ । पोखराको पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान, जनप्रिय क्याम्पस र बिन्ध्यावासिनी संस्कृत विद्यापीठमा भने निर्वाचन सम्पन्न हुने बताइएको छ ।

पोखराका छ क्याम्पसमा १२ हजार बढि मतदाता छन् । त्रिवि कार्यकारी परिषदका अनुसार ३ हजार १ देखि माथि विद्यार्थी मतदाता रहेका क्याम्पसमा २१ जनाको कार्यसमिति, १ हजार १ देखि ३ हजारसम्म विद्यार्थी मतदाता रहेको क्याम्पसमा १९ सदस्यीय, २०१ देखि हजारसम्म विद्यार्थी मतदाता रहेका क्याम्पसमा १५ सदस्यीय र २०० कम विद्यार्थी मतदाता रहेका क्याम्पसमा ११ सदस्यीय स्ववियु गठन हुनेछ ।

जनप्रिय क्याम्पस

पहिलो पटक स्ववियू चुनाव हुन लागेको जनप्रिय बहुमुखी क्याम्पसमा २२ सय ८९ मतदाता छन् । यस क्याम्पसमा १९ सदस्यीय समिति बन्नेछ । विजयका साथ इतिहास रच्ने उद्देश्यले अनेरास्ववियूले सभापतिमा विनोद भण्डारी, सचिवमा सुनिल पोखरेल, कोषाध्यक्षमा करुणा गुरुङ उम्मेदवार बनाईएको छ । यस्तै प्रत्यक्ष सदस्यको चुनावी मैदानमा विनय पराजुली, एकराज आचार्य, सपना सुवेदी, प्रमिला आचार्य, शिव पराजुली, सविना बिक र राजु तिमिल्सिना होमिएका छन् ।

जनप्रिय क्याम्पसमा पनि नेबि संघ र नयाँ शक्ति विद्यार्थी मिलेका छन् । आशिक गुरुङलाई सभापति पदको उम्मेदवार बनाईएको छ । सचिवमा ध्रुबराज अधिकारी छन् भने कोषाध्यक्षमा नयाँ शक्ति विद्यार्थी युनियनका सचिन रानाभाट उम्मेदवार छन् । सदस्यहरुमा नेवि संघका सविना तिमिल्सिना, सुशान्त बाटाजु, किशोर भण्डारी, सागर रेग्मी, नविन पौड्याल छन् भने नयाँ शक्तिका तर्फबाट सुमित्रा पौडेल र सम्राट पौडेल प्रत्यक्ष तर्फ सदस्य पदमा उम्मेदवार छन् ।

अखिल क्रान्तिकारीले सभापति पदमा विशाल तामाङ, सचिवमा ईश्वर पौडेल तथा कोषाध्यक्षमा मनु थापालाई उठाएको छ । सदस्यहरुमा राजेश वाईबा, शंकर क्षेत्री, रबिन आचार्य, स्नेहा पौडेल, सन्देश श्रेष्ठ, सन्देश गुरुङ र मेखबहादुर गुरुङ चुनावी मैदानमा छन् ।

विप्लव निकट क्रान्तिकारीले हरि पौडेल रोहितलाई सभापतिमा उम्मेदवार बनाएको छ । सचिवमा उमा खत्री, कोषाध्यक्षमा सन्देश बराल रहेका छन् ।

पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा १४ सय २९ जना मतदाता छन् । यो नवौं पटकको निर्वाचन हो । यसअघि आठ पटकमा अनेरास्ववियू तीन, नेवि संघ तीन र क्रान्तिकारीले दुई पटक नेतृत्व गरेको छ ।

अनेरास्ववियूले ईञ्जिनियरिङ क्याम्पसमा सभापतिमा ईन्द्र पौडेल, सचिवमा सम्राट पौडेल, कोषाध्यक्षमा शितल शर्मा उम्मेदवार छन् । सदस्यहरुमा कञ्चन पाण्डे, सुनिल कार्की, प्रशान्त कार्की, श्रीधर डाँगी, किरण तिवारी, अनिल मण्डल, सनम श्रेष्ठ प्रतिष्पर्धामा उत्रनेछन् । यहा १९ सदस्यीय समिति बन्नेछ ।

ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस बिन्ध्यावासिनी संस्कृत विद्यापीठ, बनविज्ञान अध्ययन संस्थानमा नेविसंघले नयाँ शक्तिको नैतिक समर्थन पाएको छ ।
डब्लूआरसीमा सभापतिमा सुजित कोईराला, सचिवमा विजय झा, कोषाध्यक्षमा कमला द्वारे तथा सदस्यहरुमा प्रथम खड्का, सुजन पौडेल, आध्या भट्टराई, स्वरुप सिंह, सुमन बिसी, प्रविण गुरुङ र राजु थापामगर छन् ।

अखिल क्रान्तिकारीका साधुराम लामिछाने सभापतिको उम्मेदवार छन् । सचिवमा कृष्ण दाहाल, कोषाध्यक्षमा अमरेन्द्रकुमार मण्डल तथा सदस्यहरुमा दामोदर दाहाल, अशोक कुमार सिंह, मनिका न्यौपाने, प्रशान्त अर्याल, अर्जुन नेपाल, अञ्जली न्यौपाने र सुधिर रानामगर प्रत्यक्षतर्फ उठेका छन् ।

क्रान्तिकारी विप्लवले पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पसमा सभापतिमा पदमा मात्रै संगठन अघि बढेको छ । उसले सुनिल राईलाई उम्मेदवार बनाएको छ ।

बन विज्ञान अध्ययन संस्थान

१३ औं निर्वाचनको तयारीमा रहेको बनविज्ञान अध्ययन संस्थानमा ३४८ जना मतदाता छन् । २०४३ देखि चुनाव हुन थालेकोमा १२ पटकमा १० पटक अनेरास्ववियू र दुई पटक नेविसंघ हाबी भएको छ ।

संस्थानमा अनेरास्ववियूका तर्फबाट सभापति उम्मेदवारमा विशाल अर्याल छन् । सचिवमा सञ्जय तामाङ तथा कोषाध्यक्षमा प्रतिभा जिसीलाई उठाईएको छ । प्रत्यक्ष सदस्यहरुमा प्रवेश अधिकारी, साधना रानाभाट, सुस्मिता गौतम, भरत रेग्मी र सुरज भट्ट छन् । १५ सदस्य रहेको कार्यसमिति चयन हुनेछ ।

नेविसंघका तर्फबाट रमेश बोगटी सभापति उम्मेदवार छनु । सचिवमा क्षितिज पौडेल, कोषाध्यक्षमा विनिता कार्की तथा सदस्यहरुमा प्रशान्त श्रेष्ठ, सुनिल सुवेदी, प्रज्ञा खनाल, देवेन्द्र ढकाल र सुजित खनाल रहेका छन् ।

बन विज्ञान अध्ययन संस्थानमा अखिल क्रान्तिकारीबाट सभापतिमा रोहितराज झा, सचिवमा योगेश पन्त, कोषाध्यक्षमा सोनम भट्टराई तथा सदस्यहरुमा निरञ्जन पौडेल, आभाष पौडेल, भूमि थारु, बालकृष्ण पण्डित र समिक्षा अर्याल छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान

चिकित्साशास्त्र अध्ययन संस्थान (नर्सिङ) मा दुई सय ६५ मात्रै मतदाता छन् । नर्सिङ क्याम्पसमा १२ औं पटक स्ववियू चुनाव हुँदै गर्दा यसअघिका सबै ११ पटक नै अनेरास्ववियूले नेतृत्व गरेको छ । २०६५ मा मिलेर अघि बढेका बेला पनि अनेरास्ववियूले नै सभापति पद जितेको थियो ।

अनेरास्ववियूले विष्णु देवकोटालाई सभापतिको उम्मेदवार बनाएको छ । सचिवमा एलिश राना, कोषाध्यक्षमा संगिता भट्टराई तथा सदस्यहरुमा ममता शर्मा, दिक्षा कुँवर, एलिशा श्रेष्ठ, पुष्पा थकाली र सुदिपा रिजाललाई उम्मेदवार तय गरेको छ ।

नेविसंघबाट सभापतिमा अनामिका राजलक्ष्मी बस्नेत, सचिवमा वर्षा भुजेल, कोषाध्यक्षमा आरती जिसी तथा सदस्यहरुमा दिक्षा कोईराला, अनिता बस्नेत, दर्शना माकाजु, सुनिता तामाङ, जिसिका सिजापति छन् । एक सदस्य नयाँ शक्ति निकटको रहने नयाँ शक्ति विद्यार्थी यूनियनका केन्द्रिय सदस्य नेत्र चापागाईंले बताए । अखिल क्रान्तिकारी र क्रान्तिकारी (विप्लव) भने सहभागी हुनेछैन ।

विन्ध्यावासिनी संस्कृत विद्यापीठ

सातौं पटक निर्वाचन हुने तयारीमा रहेको विन्दुवासिनी संस्कृत विद्यापीठमा अहिलेसम्म नेविसंघले एकछत्र नेतृत्व हात पारेको छ । विद्यापिठमा अनेरास्ववियू, अखिल क्रान्तिकारी र प्राज्ञिक विद्यार्थी परिषद् मिलेर अघि बढेका छन् ।

सभापतिमा प्राज्ञिकका गोपाल गौतम, सचिवमा अनेरास्ववियूका सूर्यप्रसाद पौडेल र कोषाध्यक्षमा क्रान्तिकारीका मिनराज पौडेल चुनावमा होमिएका छन् । सदस्यहरुमा प्राज्ञिकका अमृत पौडेल र रामेश्वर न्यापाने तथा अनेरास्ववियूका पुरुषोत्तम खतिवडा चुनावी मैदानमा छैन ।

संस्कृत क्याम्पसमा नेविसंघबाट सभापतिमा केशव आचार्य, सचिवमा तारा पराजुली, कोषाध्यक्षमा भरत पोखरेल तथा सदस्यहरुमा गोकर्ण अर्याल, निदेशराज काफ्ले र देवेन्द्र उपाध्याय चुनावी मैदानमा उत्रिएका छैन ।