ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज मंगलबार प्रकाशित दैनिक पत्रपत्रिकामा संविधान संशोधनबारे प्रधानमन्त्री र मधेसी मोर्चाका नेताहरुवीच भएको छलफललाई प्राथमिकता दिएका छन् ।

स्ववियु चुनावका कारण क्याम्पसहरुमा भएको विवादका विषयमा पनि समाचारका विषयवस्तु बनाइएका छन् ।

नागरिक दैनिकले धुँवाले प्रदुषण बढाउने समाचारलाई मुख्य बनाएको छ । स्थानीय तहबारे छापिएको अर्को समाचारमा ३६ हजार नेता कार्यकर्ताहरु स्थानीइ तहमै रोकिने र व्यवस्थापन हुने उल्लेख छ ।

गोरखापत्र दैनिकले संविधान संशोधन प्रस्ताव पारित गराउन सरकार गम्भीर रहेको समाचार छापेको छ । त्यसैगरी अनुमतिविना अभियुक्तलाई पक्राउ गर्न नपाइने अर्को समाचार गोरखापत्रमा प्रकाशित भएको छ । जापान सरकार पनि अन्तरराष्ट्रिय जनशीक्त भित्र्याउने तयारीमा रहेको समाचार गोरखापत्रमा छ ।

कान्तिपुर दैनिकले संविधान संशोधन सहज छैन पारित गर्न शीर्षकमा मुख्य समाचार बनाएको छ । त्यसैगरी कालीकोट तुईनबाट मुक्त हुँदै गरेको समाचार पसिन कान्तिपुरले छापेको छ । कान्तिपुरको प|mन्ट पेजमा विदेशबाट नेपालमा दिनहुँ भित्रिन्छ ३० हजार लिटर मदिरा भित्रिने गरेको समाचार छ ।

अन्नपूर्ण पोष्टले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा भएको विवादबारे समाचार छापेको छ ।

राजधानी दैनिकले निर्वाचनपछिमात्रै सीमांक हेरफेर गर्न प्रधानमन्त्रीको प्रस्ताव शीर्षकमा मुख्य समाचार बनाएको छ । त्यसैगरी संख्या बढाउने मापदण्डले अझ अल्भिmयो कार्यदल शीर्षकमा स्थानीय तहको पुनसंरचनाबारे समाचार छापेको छ ।
1
6
5
2
4
3